Posts

बालबालिकालाई प्रकृतिप्रेमी र माटोप्रेमी बनाऔं

Image
२०७७ वैशाख ३१ गते भुवन अर्याल (कपिल) एकैछिन सोच्नुहोस्, कल्पना गर्नुहोस्ः एउटा घरको । अझ झनै राम्रो आफ्नै भए त । आत्मीयपन र सद्भाव राखेर केही पाहुनालाई घरमा बोलाउनु भयो । आदर सम्मान दिनुभयो । आफुसँग जे छ त्यो सकेको खान दिनुभयो । आखाँ बन्द गरेर विश्वास गर्नुभयो । घरका सबै कोठाहरु खोलिदिनु भयो । कुनै रोकतोक, बन्देज लगाउनुभएन । हजुर त पूर्ण विश्वत हुनुहुन्थ्यो पाहुनाको आचरण माथि । हजुर जस्तै गरेर त्यो घर पनि पाहुनाले आफ्नै ठान्नेछ भनेर । तर बिडम्बना त्यसो हुन सकेन । हजुरको अतिथि सत्कारलाई हजुरको कमजोरि सम्झियो । आत्मीयपन र सद्भावलाई हजुरको दायित्व सम्झियो । जस्तोकी बच्चा जन्माएपछि आमाले हुर्काउनै पर्छ बिना सर्त । जुन विश्वास र स्वतन्त्रता दिनुभएको थियो त्यस्को कत्ति पनि सदूपयोग गर्न सकेन । उल्टै उन्मुक्त बन्यो, उदण्ड मच्चायो । घरको भान्सा, भण्डार छिर्यो । सकेको खायो अनि नसकेको फालिदियो तर कहिल्यै बाँडेन । बिस्तारै सारा घर मेरो हो भन्दै मनपरि गर्न थाल्यो । सुरु-सुरुमा त हजुर पनि नदेखेझैँ मौन बसिदिनु भयो । हजुरको मौनताको नाजायज फाईदा पहुनाले उठाउन थाल्यो । अब हजुरको धैर्यतालाई