Posts

Showing posts from July, 2017

हामी समृध्दिको लडाईं लड्न जन्मिएका हौं: रवीन्द्र मिश्र

Image
२०७४ श्रावण १२ बिहीबार यो देशमा धेरै राजनीतिक दलहरुले देश निर्माण गर्नका लागि दशकौंदेखि प्रयास नगरेका होइनन् । उनीहरुले पनि धेरै त्याग गरेका छन् । हामीले जति नै आलोचना गरेपनि वास्तविक्ता के हो भने अहिले पनि यो देशमा गोल घरमा जीवन बिताएका, वर्षैसम्म जेल बसेका नेताहरु छन् । ती नेताहरु नभइदिएको भए आज हामी यहाँ उभिएर लोकतान्त्रिक मूल्यमान्यतालाई अंगिकार गर्ने र सुसंस्कृत राजनीतिलाई प्रवर्धन गर्ने भन्दै नयाँ दलको घोषणा गर्न सक्दैन थियौं । त्यसो हुनाले उहाँहरुका यावत कमजोरीका बावजुद यी राजनीतिक दलहरुका नेताहरु प्रति म हार्दिक आभार प्रकट गर्न चाहन्छु । मलाई एकजना साथीले सोध्नुभयो, तपाईँहरु केको लागि जन्मिनु भयो भनेर ? उहाँले के भन्नुभयो भने पहिला जति पनि राजनीतिक दलहरु जन्मिएका थिए उनीहरुको त एउटा पथ थियो । उनीहरुको त एउटा आदर्श थियो । तपाईहरु चाहिँ किन जन्मिनुभयो भनेर भन्नुभयो । मैले उहाँलाई भने, यसको लामो जवाफ दिने हो भने त्यस्तै जवाफ बनाउनु पर्यो । प्राज्ञिक व्यक्तित्वले जवाफ दिने हो भने त्यसबारे किताब निस्कन सक्छ । तर छोटकरीमा भन्ने हो भने आज हामीले परम्परागत राजनीति गरेका जति पनि द

बृद्ध भत्ता एमाले पार्टीको बिर्ता होइन एमालेलाई भोट नहाले वृद्धभत्ता नै नदिने भन्ने धम्की मानवता विरुद्धको अपराध

Image
गंगा दाहाल नेपाली कम्युनिष्ट आन्दोलनका धरोहर मनमोहन अधिकारी २०५१ सालको मध्यावधि निर्वाचनबाट अल्पमतको सरकारकोे प्रधानमन्त्री बनेका थिए । नेपालको इतिहासमा पहिलो कम्युनिष्ट प्रधानमन्त्री बनिरहदा सामाजिक सुरक्षाअन्तर्गत बृद्ध भत्ता, बिधवा भत्ता, अपांग भत्ताजस्ता लोक कल्याणकारी कार्यक्रमहरु ल्याएका थिए । आज नेकपा एमाले मनमोहनलाई सधै जीवित राख्ने लोककल्याणकारी कामलाई निर्जीव भोटसँग साट्दै छ । असहाय र अपहेलित जेष्ठ नागरिकको जीवनको उत्तराद्ध सुखमय बनाउन सञ्चालन गरिएको वृद्धभत्ता कार्यक्रम अत्यन्तै सान्दर्भिक छ, थियो र रहिरहनेछ । तर, एमालेलाई भोट नहाले वृद्धभत्ता नै नदिने भन्ने धम्की मानवता विरुद्धको अपराध हो । २०५१ सालदेखि वृद्ध भत्तालाई प्रत्येक निर्वाचनमा भजाउदै आएको एमालेले चाहेर वा नचाहेर भत्ता बितरण रोकिने होइन तर आफूले चाहे मात्रै वृद्धभत्ता बढ्ने, बितरण हुने वा रोकिने भन्ने भ्रम पछिल्लो समय स्थानीय तहको निर्वाचनमा व्यापक रुपमा छरेको पाइयो । करिब तीस वर्ष सरकारमा बसेर एमालेले के जनमूखी काम गर्यो ? मौसमी राष्ट्रवाद र वृद्धभत्ताको नारा एकोहोरो उरालेर जनतालाई भ्रममा पारिरहनु एमालेका ने

१२ बुँदे निर्णय गर्दै काँग्रेस केन्द्रीय समिति बैठक सम्पन्न (पूर्णपाठ)

Image
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको श्रावण ७ गते देखि जारी बैठक पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा सोमबार सम्पन्न भएको छ । स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनको समीक्षा, प्रदेश नं। २ को चुनावको तयारी एवं समसामयिक विषयमा केन्द्रीत रहेर तीन दिनसम्म चलेको बैठकमा पार्टीका नेता रामचन्द्र पौडेल, महामन्त्री डा। शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव एव‌ं विभिन्न केन्द्रीय सदस्यहरुले आ आफ्नो धारणा राखेका थिए । बैठकपछि पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्ती अनुसार काँग्रेसले १२ बुँदे निर्णय गरेको छ । बैठकपछि जारी विज्ञप्तीको पूर्णपाठ तल प्रस्तुत गरिएको छ । बैठकको निर्णयहरु यस प्रकार रहेको छ— १. नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) सहित अन्य राजनीतिक दलहरुको सहमतिमा संयुक्त सरकारको गठन भएको थियो । पूर्ववर्ती सहमतिको आधारमा अहिले नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाको नेतृत्वमा मन्त्रिपरिषद्को गठन भएको छ । श्री शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित
Image
सिक्किमका पूर्वमुख्यमन्त्री नरबहादुर भण्डारीको आइतबार निधन भएको छ । उनको निधनबाट भारतमा रहेका नेपाली भाषीहरुले एउटा इतिहास गुमाएका छन् । ४३ वर्षदेखि मेरुदण्डको समस्याले ग्रसित भण्डारीको आइतबार अपरान्ह ४ बजे नयाँ दिल्लीको प्राइमस सुपर स्पेसियालिटी हस्पिटलमा निधन भएको हो । उनी ७३ वर्षका थिए । भण्डारी सन् १९७९ देखि १९९४ सम्म १५ वर्ष सिक्किमको मुख्यमन्त्री भए । उनी राजनीतिमा मात्र नभएर नेपाली भाषा-साहित्यको प्रवर्द्धनमा पनि सक्रिय थिए । भण्डारीले नेपालमा जगदम्बाश्री पुरस्कारसमेत प्राप्त गरेका छन् । नेपाल बाहिर नेपाली भाषा र साहित्यको समुन्नतिमा व्यक्तिगत र संस्थागत योगदान दिएवापत् २०४७ सालमा उनलाई सो पुरस्कार दिइएको थियो । राजनीतिक यात्रा भण्डारी सिक्किमका बरिष्ठ नेता हुन् । एउटा सामान्य किसान परिवारमा ५ अक्टोबर १९४० मा पश्चिम सिक्कमको मलबाँसे बस्ती, सोरेङमा उनको जन्म भएको थियो । उनी परिवारको कान्छो छोरा थिए । भण्डारीले प्रारम्भिक शिक्षा नाम्ची र सोरेङ स्कूल तथा दार्जिलिङबाट स्नातकसम्मको अध्ययन गरेका थिए । अध्ययन सकेपछि ११ वर्षसम्म उनले सिक्किम सरकारका विभिन्न स्कुलमा शिक्षकका रुपम

धादिङमा बसेर भारतलाई गाली गर्नेहरुलाई भारतीय दुताबास संग मिलेर संसद राजेन्द्र पाण्डेको झापड, अहिलेसम्म कै ठुलो भारतिय सहयोग : ‘पाँच करोड लगानीमा बन्ने भो आदर्श बहुमुखी क्याम्पसको नयाँ भवन’

Image
३ साउन,धादिङ । भारत सरकारको सहयोगमा गजुरीमा रहेको   अव अत्याधुनिक र प्राविधिक भवन बन्ने भएको छ । चार करोड १२ लाख भारत सरकारको सहयोग र बाँकी रकम विद्यालयका अन्य स्रोतबाट बन्ने भवन २६ कोठाको हुनेछ । करिव पाँच करोड लागतमा बन्ने भवन संगै क्यान्टिन र प्राविधिक कक्ष रहने क्याम्पसका अध्यक्ष समेत रहेका धादिङ क्षेत्र नम्बर ३ का सांसद राजेन्द्र प्रसाद पाण्डेले हेडलाईन नेपाललाई बताए । शुक्रबार क्याम्पस भवनको शिलान्यास गर्दै भारतिय राजदुत मञ्जिव सिंह पुरीले आदर्श क्याम्पस धादिङको मात्रै नभई नेपालकै शिक्षामा आदर्शको रुपमा रहने बताए । भारत सरकार मार्फत नेपाल स्थित भारतिय राजदुत हुँदै सहयोग रकम जिल्ला समन्वय समिती मार्फत आउने सांसद पाण्डेले बताए । धादिङमा भारतले दिएको यो सहयोग अहिले सम्मकै ठुलो हो । शिलान्यास पछि बोल्दै राजदुत पुरीले धादिङको शिक्षाको विकासमा यो सहयोगले दुरगामी असर पार्ने भन्दै स्तरिय भवन बन्नेमा विश्वस्त रहेको बताए । पुरीले भने–’यहाँका सांसद पाण्डेको शिक्षाप्रतिको लगाव र उनको उपयुक्त प्रस्ताव हामिलाई स्विकार्य भयो र यो सहयोग गर्न तयार भर्यौ अव यसको पारदर्शी र व्यवस्थित ढंङ्

पपुलर भोट: कस्को कती, प्रदेश नं ४, ५, ६ र ७ मा काँग्रेस अगाडी। प्रदेश नं १ र ३ मा एमाले।

Image
२ साउन, काठमाडौं । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस भन्दा नेकपा एमालेले ४९ बढी स्थानीय तह जितेको छ । तर, पपुलर भोट भने कांग्रेस र एमालेले लगभग बराबर पाएका छन् । दुई चरण गरेर प्रदेश नम्बर २ बाहेक अन्यत्र स्थानीय तह निर्वाचन सम्पन्न भएको छ । र, एमाले २७६ स्थानीय तह -प्रमुख) जितेर पहिलो पार्टी बनेको छ । कांग्रेसले २२७ स्थानीय तह जितेको छ भने माओवादीले ८४ स्थानीय तह जितेको छ । तर, पपुलर भोट भने कांग्रेस र एमालेले झण्डै बराबर पाउँदा माओवादीले त्यसको आधा पाएको छ । हामीले भरतपुर महानगर बाहेक ६१६ स्थानीय तहमा तीन पार्टीका प्रमुख पदका उम्मेदवारहरुले पाएको मतलाई पपुलर मत मानेका छौं । साथै चुनावी तालमेल भएका ठाउँहरुमा प्रमुखमा जुन पार्टीको उम्मेदवार छ, उसले पाएको मतलाई त्यही पार्टीको मानेका छौं भने अर्को पार्टीलाई मत दिएको छैन । यसरी हेर्दा पपुलर मतमा पनि एमाले पहिलो स्थानमा छ । तर, कांग्रेससँग दुरी हजारमा मात्र छ । एमालेले २६ लाख ९८ हजार ७३६ मत पाएको छ । कांग्रेसले २६ लाख ५६ हजार २७५ मत पाएको छ । दुई दलको मतान्तर ४२ हजार ४६१ मात्र देखिन्छ । तेस्रो स्थानमा रहेको माओवादी केन्

व्यवसायी राजकुमार श्रेष्ठको अपहरण र हत्यामा संलग्न युवती पक्राउ

Image
२७ असार, दाङ । तुलसीपुरका प्रतिष्ठित व्यवसायी राजकुमार श्रेष्ठको अपहरणपछि हत्यामा संलग्न युवती भारतबाट पक्राउ परेकी छन् । व्यवसायी श्रेष्ठलाई ‘हनी ट्र्यापिङ’मा पारेर अपहरण गरी फिरौति माग्ने कार्यमा पूजा घर्ती नामकी युवतीको संलग्नता खुले पनि उनी फरार थिइन् । अपहरण पश्चात हत्या गरिएका तुलसीपुरका व्यापारी श्रेष्ठको अपहरणमा संलग्न भनिएकी ती युवतीलाई भारतको हिमान्चल प्रदेशबाट पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जनाएको छ । उनलाई आजै साँझ अञ्चल प्रहरी कार्यालय तुलसीपुरले सार्वजनिक गर्दैछ । श्रेष्ठको हत्यामा संलग्न अन्य चार जनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो । पूजा घर्तीले फोन गरेर बोलाएपछि श्रेष्ठ सल्यानतर्फ जाँदै गर्दा अज्ञात समूहले बाटोबाटै अपहरण गरेको थियो । श्रेष्ठसँगै वेपत्ता भएका स्काभेटरको ठेक्कापट्टा गर्ने रणबहादुर घर्तीमगरको अवस्था भने अझै अज्ञात छ । अपहरणको तीन दिनपछि नै श्रेष्ठको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । गत जेठ २७ गते अपहरणमा परेका श्रेष्ठको शव भने यही असार १६ गते फेला परेको थियो । तुलसीपुर बजारस्थित बुटवल बस्त्रालयका सन्चालक ५२ वर्षीय श्रेष्ठको पै

दुई नम्बर प्रदेशमा एमालेलाई जिताउन यस्तो छ ‘राजपाको मास्टर प्लान’, राजेन्द्र महतोले गरे खुलासा

Image
मधेशविरोधी एमालेसँग मित्रता गासेको भन्दै राजपाविरुद्ध जनआक्रोश बढ्दै छ ।  काठमाडौं २६, असार । स्थानीय तहको पहिलो चरणको चुनावमा पहिलो स्थान ल्याउन सफल भएको एमालेले दोस्रो चरणको चुनावमा पनि पहिलो बन्नुमा राजपाको धेरै ठूलो योगदान रहेको तथ्य बाहिर आएको छ । असोज २ गते पर्सादेखि सप्तरीसम्म हुने तेस्रो चरणको निर्वाचनमा फेरि पनि एमालेलाई पहिलो पार्टी बनाउने गरी राजपाले मास्टर प्लान तयार गरेको खुलासा भएको छ । मधेशी समुदायले आफ्नो कट्टर शत्रुको रुपमा देख्ने एमालेलाई राजपाले पहिलो पार्टी बनाउन लागि परेको देखेर जनता आश्चर्यचकित बनेका छन् । उपेन्द्र यादवलाई मधेश विरोधीको रुपमा चित्रण गर्ने तर मधेश विरोधी एमालेलाई मित्र मानेर हिडेको राजपाको यस्तो रवैया देखेर मधेशी जनता जिब्रो टोक्न थालेका छन् । एमालेलाई मित्र मानेर अघि बढेको राजपाप्रति मधेशमा दिनप्रतिदिन आक्रोश चुलिँदै छ । संविधान संशोधनको माग गर्दै चुनाव बिथोल्ने गरी आन्दोलनमा होमिएको राजपाप्रति जनताको सहानुभूति बढेको थियो । तर, आन्दोलनको मुख्य उद्देश्य पार्टी दर्ता र चुनाव चिन्ह रहेको तथ्य सार्वजनिक भएसँगै जनस्तरबाट राजपाको व्यापक विरोध

एमाले सांसद राजेन्द्र पाण्डेको मनमोहन मेमोरियल मेडिकल कलेजमा मिर्गौला तस्करी

Image
मनमोहन मेमोरियल मेडिकल कलेजमा पत्थरीको अप्रेसन गर्न आएका एक बिरामीको मिर्गौला निकालिएको छ । नुवाकोट विदुर नगरपालिका–१२ का ३२ वर्षीय शिवप्रसाद रिमालको मिर्गौला झिकिएको हो । अप्रेसन गरेको स्थानबाट निरन्तर रक्तश्राव भएपछि बिरामीका आफन्तले अस्पतालमा सिकायत गरेका थिए । त्यसपछि मात्र अप्रेसन गर्दा मिर्गौला फुटेका कारण चिकित्सकहरूले निकालेको अस्पताल प्रशासनले स्विकारेको थियो । सो मेडिकल कलेज एमाले सांसद राजेन्द्र पाण्डेले सञ्चालन गरेका हुन् । जबर्जस्ती सम्झौतापत्र रिमाल पत्थरीको अप्रेसन गर्न गत २५ जेठमा अस्पताल भर्ना भएका थिए । अप्रेसन गर्ने क्रममा चिकित्सकहरूले मिर्गौला निकालेको रिमाल परिवारले बताएको छ । घटना सार्वजनिक हुने डरले अस्पताल प्रशासनले विभिन्न प्रलोभनमा पारेर जबर्जस्ती सम्झौतापत्रमा हस्ताक्षर गराएको रिमालकी पत्नी रञ्जुले बताइन् । डा.गुणराज श्रेष्ठ नेतृत्वको चिकित्सक टोलीले रिमालको पत्थरी अप्रेसन गर्ने क्रममा देब्रेपट्टिको मिर्गौला निकालेका हुन् । ‘सामान्य परिवारको भएकाले घरपरिवार धान्न वैदेशिक रोजगारको सिलसिलामा साउदी अरब गएको थिए । एक वर्षअघि मात्रै नेपाल आएको हुँ । स्व

Power of Words

Image
एउटा युवा चितुवा पहिलो पटक सिकार गर्नको लागि निस्किएछ । थोरै अगाडी के बढेका थिए कि एउटा हाइना ले उसलाई रोक्दै भने " ओइ फुच्चे कहाँ गइरहेका छौ तिमी ? " " म त आज पहिलो पटक आफै सिकार गर्नको लागि निस्किदैछु " ! चितुवाले रोमान्चित मुडमा भने । हा ! हा ! हा ! हाइनाले हास्दै भन्यो " अहिले त तिम्रो खेल्ने , दौडिने दिन हो तिमी यति सानो छौ तिमिसित सिकार गर्ने कुनै अनुभव छैन , तिमीले के सिकार गर्छौ र ?" हाइनाको कुरा सुनेर चितुवा निराश भएछ । दिनभर सिकार को लागि ऊ जङ्गल मा यता उता गरिरहयो । कुनै एउटा प्रयासले पनि सफलता मिलेन । अन्त्यमा भोकभोकै उसलाई आफ्नो घर फर्किनुपर्यो । अर्को बिहान ऊ फेरि शिकारको लागि निस्कियो । केही बेर पर गइसकेपछी उसलाई एउटा बूढो बाँधरले देखेछ र सोधेछ " कहाँ जादैछौ भान्जा  ?" " बाँदर मामा ! म सिकार को लागि जादैछु , " चितुवाले भन्यो । " धेरै राम्रो , तिम्रो ताकत र गतिको कारणले तिमी एउटा राम्रो कुशल सिकारी बन्न सक्छौ , प्रयास गर जाउ तिमिले छिट्टै सफलता पाउनेछौ "/ बाँदर भन्यो । यो कुरा सुनेर चितुवा धेरै उ