Posts

Showing posts from August, 2017

प्रधानमन्त्रीको भारत भ्रमणको सफलतामा प्रतिपक्षको रोइलो

Image
‘बाँदरले आफ्नो घर पनि बनाउँदैन र अरूले घर बनाएको पनि देखिसहँदैन ।’ प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा गरेका ऐतिहासिक सम्झौताको नेपालमा विरोध हुनुलाई सोही नेपाली उखानसँग तुलना गरिएको छ । मित्र राष्ट्र भारतको भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले दिल्लीमा पाएको सम्मानले प्रतिपक्षी दल एमाले र त्यसका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको निद हराम भएको पुष्टि उनका अभिव्यक्तिमा झल्किएको सबैले देखेकै विषय हो । यसअघि प्रायजसो विदेशी अतिथिको स्वागतका लागि भारतले राज्यमन्त्रीलाई विमानस्थल पठाउने गरेको भए पनि यसपटक प्रधानमन्त्री देउवाको स्वागतका लागि भने विदेशमन्त्री सुष्मा स्वराजलाई खटायो । कूटनीतिक वृत्तमा यसलाई विशेष महत्वका साथ हेरिएको छ । यसअघि गणतन्त्र नेपालको प्रथम राष्ट्र प्रमुखका रूपमा भारत भ्रमणमा रहेका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्वागतका लागि तत्कालीन भारतीय प्रधानमन्त्री मनमोहन सिंह आफैँ विमानस्थलसम्म आएका थिए । नेपालको परिवर्तनलाई छिमेकी मित्रराष्ट्र भारतले खुलेर आत्मसात् गरेको भन्दै त्यसवेला पनि अन्तर्राष्ट्रिय रूपमा नै चर्चा भएको थियो । बुध

राष्ट्रवादीहरुलाई प्रश्न – संशोधनमा कहाँ थियो राष्ट्रघात ?

Image
नेपालको संविधानले जहिल्यै दुईथरि आरोपको सामना गरिरहेको छ । यो नबन्दै भन्ने गरिन्थ्यो, भारतबाट आयातित हुँदैछ । बनेपछी भनियो– भारतले आफू अनुकुल संशोधन गर्न दबाब दिइरहेको छ । संबिधान जनताको सार्वभौम दस्तावेज हो तर बारम्बार यसले भारतसँग जोडिएर अपमानित हुनु परेको छ । त्यो पनि सार्बभौम नेपालीबाटै । आफ्नै संबिधानको बदनाम गराउन लगाएर नेताहरु भने भारतबाटै आशिर्वाद थाप्ने दैनिकी कर्ममा लागिरहेका छन् । सामाजिक संजालमा संविधानको मापदण्ड तोक्ने कथित जिम्मेवारी पाएका भेंडाहरुलाई संबिधानको अन्तर्वस्तु थाहा नभएको पनि होइन, संशोधन बिधेयकका धाराहरु थाहा नभएको पनि होइन । फेसबुकमा स्ट्याटस लेखिने हात हातमा भएका मोबाइलहरुमै संबिधानको पुरै प्रति डाउनलोड गर्न सकिन्छ । संसद सचिवालयको वेबसाइटबाट प्रस्तुत र पास भएका बिधेयकहरु पाउन सकिन्छ । चाकडी बजाउन र अर्काप्रति तुष मेट्न प्रयोग गरिने चार लाइनका वाक्यहरुले संबिधानको सार्वभौमसत्ता माथी नै प्रश्न उठाईरहेका छन् । संविधान नबन्दै संशोधनको कुरा आएको हो र संशोधन गर्ने भन्ने बिषयमा प्रमुख तीन दलका नेताहरु सहमत थिए । संशोधनका मुद्दाहरु तत्कालिन मधेस आन्दोलन ताक

‘सँगै बस्छौं भन्नेहरुलाई राष्ट्रवादको औंलो देखाउनेलाई जवाफ हो संशोधन’

Image
५ भदौ, काठमाडौं । कांग्रेस नेता प्रदीप गिरीले राष्ट्रवादको नाममा सँगै बस्न चाहन्छौं भन्नेहरुमाथि प्रश्न नउठाउन चेतावनी दिएका छन् । उनले संविधान संशोधन विधेयक उनीहरुका लागि जवाफ भएको पनि बताए । संविधान संशोधन विधेयकमाथि संसदमा भइरहेको छलफलमा भाग लिँदै गिरीले भने, ‘कांग्रेस र सरकारका सहयात्रीहरुको तर्फबाट यो संशोधन सिंगो राष्ट्रलाई सन्देश हो । हामी तीन करोड नेपाली जनतासँग सँगै बसेर, डुबेर र पौडी खेलेर बाँच्न चाहन्छौं ।’ मुलुकमा छुट्टनि चाहने शक्तिहरु रहेको र उनीहरुको शान्तिपूर्ण रुपमा सामना गरिने गिरीले बताए । तर, छुट्टनि नचाहने शक्तिलाई पनि त्यही समूहमा गाम्भ खोज्ने शक्तिहरुले राष्ट्रवादको खेल खेलिरहेको बताउँदै उनले भने, ‘ए बाबा, हामी छुट्टनि चाहँदैनौं भन्ने समूहलाई राष्ट्रवादको नाममा औंलो देखाउने समूहलाई यो संशोधन जवाफ हो । संशोधनको मर्म मैले यसरी बुझेको छु ।’ कांग्रेस नेता गिरीको विचार उनकै शब्दमा यहाँ बोलिएका कुराहरु सिंगो मुलुकले थाहा पाउन जरुरी छ । क्यामेरा र टेलिभिजन दुरुस्त हुन जरुरी छ । र, दैनिक हामीले आज केके छलफल गर्दैछौं, सबै कुराको जानकारी सिंगो राष्ट्रले पाउन जरुरी