Posts

Showing posts from September, 2017

किन दिने कांग्रेसलाई मधेशमा मत ?

Image
पर्शु घिमिरे । प्रधानमन्त्रीको पछिल्लो निर्वाचनका बेला प्रमुख प्रतिपक्षी दलका नेता खड्गप्रसाद ओलीले संसद्मा सम्बोधन गर्दै भनेका थिए–‘मधेसी दल भनेका नेपाली कांग्रेसकै कमजोरीका सहउत्पादन हुन्, २०१५ सालदेखि अहिलेसम्म मधेसी मुद्दा उठाएर जस-जसले खेतिपाती गर्दै आएका छन्, ती सबै कांग्रेसकै प्रशिक्षणमा हुर्केका नेताहरू हुन् ।’ त्यसबेला ओलीले मधेस केन्द्रित दलका वेदानन्द झादेखि गजेन्द्रनारायण सिंह, विजयकुमार गच्छदारदेखि महन्थ ठाकुरसम्मका एक दर्जन नेताको नाम लिन छुटाएनन् । मधेसी दल नेपाली कांग्रेसको कमजोरीका सहउत्पादन हुन् या होइनन् ? यसको विश्लेषणको पाटो छुट्टै छ, तर मधेसी दल भनेको नेपाली कांग्रेसकै प्रशिक्षणमा हुर्केका आवसरवादीहरूको जमात हो भन्ने ओलीको भनाइमा धेरै हदसम्म सत्यता छ । २०१५ सालमै नेपाली कांग्रेसको प्रशिक्षणमा हुर्केका वेदानन्द झाले तराई कांग्रेस नामक पार्टी खोलेर महोत्तरीमा चुनाव लडेका थिए, तर उनको जमानत जफत भयो । उक्त पार्टीले १ प्रतिशत पनि मत पाएन । २०४८ पछि नेपाली कांग्रेसका पूर्वनेता गजेन्द्रनारायण सिंहले नेपाल सद्भावना नामको नयाँ पार्टी खोलेर मधेस केन्द्रित राजनीति सुरु

दलहरु बिच प्रदेश नं.२ मा दोश्रो हुने प्रतिस्पर्धा, नेपाली काँग्रेस पहिलो हुने निश्चित

Image
मधेसमा कुन पार्टीको ल्याकत कति ? पहिलोभन्दा दोस्रो स्थानका लागि धेरै दलको होडबाजी असोज २ गते हुने दुई नम्बर प्रदेशको स्थानीय चुनावमा पहिलो दलको दाबी गर्ने मुख्यतः तीनवटा पार्टी मैदानमा देखिएका छन् । नेपाली कांग्रेसले सुरुदेखि नै आफू पहिलो बन्ने दाबी गर्दै आएको छ । एमालेले पनि अघिल्ला दुई चरण्का चुनावमा जस्तै मधेसमा पनि आफू पहिलो ठूलो दल बन्ने दाबी पेश गरिरहेको छ । तेस्रो शक्तिका रुपमा रहेको माओवादी केन्द्रले पनि मधेसमा पहिलो दल बन्ने दाबी पेश गरेको छ । मधेसकेन्द्रित दलका रुपमा परिचित राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम र लोकतान्त्रिक फोरमले मधेसमा पहिलो दल बन्ने दाबी खासै गरेको देखिँदैन । तथापि उनीहरु दुई नम्बर प्रदेशमा आफ्नो उपस्थिति बलियो बनाउने रणनीतिमा छन् । मधेसमा कुन पार्टीको अवस्था कस्तो होला ? यसबारे चुनावअघि नै बताउन सकिँदैन । आचार संहिता लागिसकेको अवस्थामा पूर्वसर्वेक्षण गर्न पनि पाइँदैन । तर, विगत ०७० सालको चुनावमा मधेसका ८ जिल्लामा कुन पार्टीको मत कस्तो थियो भन्नेबारेमा चाहिँ विश्लेषण गर्न सकिन्छ । संविधानसभामा कसको भोट कति ? हामीले यहाँ ०७० सालको संविधानसभ