Posts

Showing posts from June, 2017

निरोगी बन्न डाक्टरका ३३ सुझाव !!

Image
 निरोगी बन्न डाक्टरका ३३ सुझाव !! 1. दैनिक ८ गिलास पानी पिउने 2. दैनिक रूपमा साग खाने 3. खानामा सलाद समावेश गर्ने 4. टुसा उम्रेका अनाज खाने 5. बिहान उठ्नेबित्तिकै एक गिलास मनतातो पानीमा कागतीको रस राखेर पिउने 6. मौसमअनुसारका फलफूल खाने 7. चिसो पेयपदार्थ नपिउने 8. चिया÷कफी धेरै नपिउने 9. रेसायुक्त तरकारी खाने 10. नुन कम खाने बढी गुलियो नखाने 11. तारेको र डढेको नखाने 12. तरकारीको बोक्रा नफाल्ने 13. भुटेको भटमास, मकै, चना खाने 14. रातीको खाना ७ बजेभन्दा ढिलो नखाने 15. खाना खानेबित्तिकै नसुत्ने 16. चाँडै सुत्ने र चाँडै उठ्ने 17. ८ घण्टा मस्त सुत्ने 18. रक्सी, चुरोट र सूर्ति सेवन नगर्ने 19. बिहान कम्तिमा ३० मिनेट हिड्ने, 20. व्यायाम गर्ने तनावमा काम नगर्ने 21. सुख/दुःख सेयर गर्ने बिदाको दिन परिवारसहित घुमफिर गर्ने 22. प्रार्थना, पुजापाठ गर्ने 23. जंकफुड, फास्टफुड सेवन नगर्ने 24. बेलाबेलामा मनोरञ्जन गर्ने 25. हरेक कुरामा चित्त बुझाउने 26. धेरै नमोटाउने 27. ६/६ महिनामा शरीर चेकअप गराउने 28. ३/३ महिनामा ब्लडप्रेसर जाँच्ने 29. शाकाहारी खानपान शैली अपनाउने 30. दि

चेक काट्दै हुनुहुन्छ ? गंभिर हुनोस्, ‘बाउन्स’ भए यस्तो कारबाही हुन्छ

Image
क्लिकमान्डु २०७४ असार १६ गतेमा प्रकाशित तपाईंको बैंक खातामा पैसा छैन । तर, तपाईंले सोही खाताको चेक जारी गर्दै हुनुहुन्छ भने गम्भिर भएर सोच्नुस् । किनभने काटेको चेक बाउन्स भयो भने तपाईंलाई कडा कारबाही हुन्छ । कसैसँग तपाईंले ऋण लिनु भएको छ र तिर्न ढिलाइ गरिरहनुभएको छ भने तपाईंलाई साहूले चेक काट्न दबाब दिनसक्छन् । यस्तो अवस्थामा बैंक खातामा पैसा नहुँदा नहुँदै पनि तपाई चेक काट्न बाध्य हुनुहुन्छ । अर्को, कतिपयको नियत कसैलाई चेक दिएर झुलाउने हुन्छ । जुनसुकै अवस्थामा होस् तपाईंले काटेको चेक बाउन्स भयो भने तपाईं कारबाहीको भागिदार बन्नु पर्छ नै । जब तपाईंले कसैलाई भुक्तानीका लागि दिएको चेक बैङ्कबाट भुक्तान हुन नसकी फिर्ता भयो भने बुझ्नेहोस् त्यो चेक ‘बाउन्स’ भयो । त्यसैले चेक काट्नुअघि खातामा सो चेकमा उल्लेख गरे बराबरको रकम मौज्दात छ कि छैन भन्ने जाँच गरेर मात्रै काट्नुहोस् । तपाईंको पैसा असूल भएन भने तपाईंले प्रहरीमा गएर उजुरी दिनुहोस् । बाउन्स चेकको उजुरीमा प्रहरीले गम्भिर रुपमा लिन्छ । र, चेक जारी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गर्छ । त्यतिमात्रै होइन, खातामा पैसा छ तर काटेको

दोश्रो चरणको निर्वाचन मान्य नहुने भन्दै एमालेले जारी गर्यो कडा प्रेस विज्ञप्ति, पुन: मतदानको माग (प्रेस-विज्ञप्ति सहित)

Image
Online news नेपाल पाना बाट साभार गरिएको १४ असार २०७४, बुधबार १९:३८ मा प्रकाशित काठमाडौं, १४ असार ।स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा विभिन्न स्थानमा सत्ताको दुरुपयोग गरी बुथ कब्जा गरिएको भन्दै एमालेले त्यस्ता मतदान केन्द्रमा पुन मतदानको माग गरेको छ । तीनवटै प्रदेशको स्थानीय निर्वाचनमा सहभागि भएर मतदान गर्ने मतदाताप्रति धन्यवाद दिंदै एमालेले बुथ कब्जा भएका मतदान केन्द्रहरुको पुन मतदान माग गरेको हो । अछाम, डोटी, डंडेलधुरा र कैलाली लगायतका जिल्लाका मतदान केन्द्रहरुमा सत्ताको चरम दुरुपयोग गरी बुथकब्जा गरिएको भन्दै एमालेले ती मतदान केन्द्रहरुमा पुन मतदानको माग गरेको हो । एमालेले जारी गरेको विज्ञप्तीको पूर्णपाठ: स्थानीय तहको आज सम्पन्न दोस्रो चरणको निर्वाचनमा उत्साहका साथ भाग लिने राजनीतिक दलहरु, उम्मेदवारहरु, राजनीतिक कार्यकर्ताहरु र मतदाताहरुलाई हाम्रो पार्टी हार्दिक धन्यवाद ज्ञापन गर्दछ । साथै, निर्वाचनका आधारभूत मूल्य र मान्यतामा बसेर निर्वाचन सम्पन्न गराउन जिम्मेवारी निर्वाह गर्ने निजामती कर्मचारी, सुरक्षाकर्मी र पर्यवेक्षकहरुरुलाई पनि धन्यवाद दिन चाहन्छ ।

कति सान्दर्भिक, कति वास्तविक "सै पनी एमाले, मै पनी एमाले" एमालेले कतिसम्म राष्ट्रघात गरेको छ, योगेश भट्टराई र घनश्याम भुषालले लेखेको यी २४ बुँदा पढौं

Image
एमालेले कतिसम्म राष्ट्रघात गरेको छ, योगेश भट्टराई र घनश्याम भुषालले लेखेको यी २४ बुँदा पढौं कहिलेकाहीँ आफैले हानेको तिर आफै तिर फर्कँदो रहेछ । एमालेबाट छुट्टिएर नेकपा मालेमा हुँदा सो पार्टीका योगेश भट्टराई, घनश्याम भुषाल, नारायण ढकाललगायतले ५५ सालमा एक पुस्तक लेखेका थिए । त्यो पुस्तकमा एमालेले गरेका राष्ट्रघात र अपराधको विवरण राखिएको थियो । पुस्तकको नाम थियो, ‘राष्ट्रघाती विसर्जनवादी एमाले नेतृत्व गुटका ५१ अपराध ।’ यो पुस्तक क्रान्तिकारी युवा समूहका तर्फबाट घनश्याम भुषाल, योगेश भट्टराई, नारायण ढकाललगायतले लेखेका थिए । पुस्तकमा लगाइएका ५१ मध्ये एमालेले गरेका २४ राष्ट्रघात यस्ता थिएः १. २००६ सालदेखि नै उठाइँदै आएको तथा नेपाल कम्युनिस्ट पार्टीको ‘पहिलो पर्चा’ र ‘घोषणापत्र’मा समेत उल्लेख भएको अमेरिकी साम्राज्यवाद र भारतेली एकाधिकार पुँजीवाद तथा प्रभुत्ववादलाई नेपाली क्रान्तिको आधारभूत शत्रुका रूपमा हेर्ने दृष्टिकोणलाई पार्टीको छैंटौं महाधिवेशनमा प्रस्तुत दस्तावेजमा उल्लेखै नगरी नेपाली कम्युनिस्ट आन्दोलनमा प्रथमपटक नेपाल राष्ट्र, नेपाली जनता र कम्युनिस्ट आन्दोलनलाई धोका दिई एमाले

प्रदेश नम्बर ७ मा सत्तापक्षले बुथ कब्जा गरेको एमालेको आरोप धाँधली भएका ठाउँमा पुनः मतदान हुनुपर्छः योगेश भट्टराई

Image
१४ असार, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले ७ नम्बर प्रदेशका बिभिन्न मतदान केन्द्रमा सत्तापक्षले धाँधली गरेको आरोप लगाएको छ । दोस्रो चरणको मतदान सकिए लगत्तै एमाले केन्द्रीय प्रचार बिभाग प्रमुख योगेश भट्टराईले विज्ञप्ति जारी गरी बझाङ, डोटी, डडेलधुरा, अछाम, कैलाली लगायतका जिल्लामा सत्तापक्षले धाँधली गरेको आरोप लगाएका छन् । अछामको साँफेबगर नगरपालिका ७ को सरस्वती मावि मतदान केन्द्रमा हुलहुज्जत गरी सत्तापक्षले कब्जा गरेको र डोटीको के आई सिंह गाउँपालिकामा पनि बुथ कब्जा गरिएको एमालेको दाबी छ । अछामको मेल्लेख, बिनायक, बझाङको चैनपुर र कैलालीको बद्रगारिवाल लगायतका ठाउँमा सत्ताको आडमा ब्यापक धाँधली गरिएको आरोप एमालेले लगाएको छ । एमालेको विज्ञप्तिमा भनिएको छ-पहिलो चरणको निर्वाचनमा यस्तै धाँधली भएकोमा संसदबाट संसदीय छानविन समिति बनिसकेको अवस्थामा त्यहि रवैया दोहोर्‍याइनुले हामीलाई चिन्तित बनाएको छ ।’ एमालेले सत्ता संरक्षित धाँधली भएका मतदान केन्द्रहरुमा पुनः मतदान गराउन माग गरेको छ २०७४ असार १४ गते १८:००मा प्रकाशित

डराए केपी ओली, मौन समयमा ‘पत्रकार सम्मेलन’ गरेर सरकारमाथि खनिए

Image
१२ असार, काठमाडौं । प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले सरकार र प्रहरी प्रशासनको चर्को आलोचना गरेका छन् । दोस्रो चरणको चुनावको मौन समयको अवधिमा प्रेस चौतारीले एमाले पार्टी मुख्यालयमै एमाले अध्यक्ष ओलीको विशेष पत्रकार सम्मेलन गरेको थियो । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले दोस्रो चरणको चुनाव स्वतन्त्र र निश्पक्ष रुपमा हुनु पर्नेमा जोड दिए । धरानमा एमाले उम्मेदवारको घरमा बम भेटिएको, आइतबार बुटवलमा आफू सहभागी भएको सभाको मञ्च पछाडि तीन वटा बम भेटिएको भन्दै ओलीले यसबारे सरकारको धारणा मागे । सरकारप्रति शंका गर्दै ओलीले भने, ‘सकेको ठाउँमा बम राख्ने, नसकेको ठाउँमा राज्य आतंक मच्चाउने हो कि के हो ?’ दोलखा घटनामा अभियुक्त बनाइएकाहरुलाई ज्यानमारा भन्दै ओलीले ‘ज्यानमारा’ छाड्ने र पीडित परिवार र एमाले सांसद पार्वत गुरुङमाथि नै मुद्दा लगाउने षड्यन्त्र गरेको आरोप लगाए । उनले सरकारलाई धेरै उत्ताउलो नहुन चेतावनी दिए । ‘बझाङ, दोलखामा जे देखियो, त्यस प्रकारको नहोस्,’ उनले भने, ‘निर्वाचन निश्पक्ष गराउनुस् । हाम्रो संयमको सीमा हुन्छ, अचाक्ली नगर्न म चेतावनी दिन चाहन्छु ।’ उनले फेरि थपे

पैसा छ भने सेयर, घरजग्गा, सुन किन्नु हुन्छ कि बैंकमा राख्नुहुन्छ ?: रविन्द्र भट्टराईको बिचार

Image
२०७४ असार ११ गते प्रकाशित साभारः online news clickmandu.com मेरा एकजना आफन्त केही दिनभित्रै सरकारी सेवाबाट अवकास लिदैछन् । उनीसँग कर्मचारी सँचय कोषमा केही पैसा बचत छ । संचित विरामी विदालगायतबाट अरु केही पैसा उनलाई प्राप्त हुन्छ । जागिरबाट अवकाससँगै उनको आम्दानी पेन्सनमा सिमित हुँदैछ । जुन अहिलेको तलवको करिव आधा बराबर होला । तर खर्च घट्नेवाला छैन । अझ बढेर जाने छ । यी आफन्तको जस्तै अन्य धेरै कर्मचारी सरकारी सेवाबाट अवकास लिदै होलान् । उनीहरुसँग पनि केही पैसा वचत होला । कोही विदेशबाट केही पैसा लिएर फर्कदै होलान् । कसैले आफ्नै व्यापार व्यवसायबाट केही पैसा संचित गरेको पनि हुन सक्छ । हरेकको उद्देश्य तत्काल कुनै घर वा जग्गा किन्नु छैन । त्यही पैसाकै भरमा दैनिकि चलाउनु पर्नेछ । त्यसैले सवैको चिन्ता भएको पैसा कहाँ लगानी गर्दा साँवा नघटाई बढी प्रतिफल लिएर खर्च गर्न सकिन्छ भन्नेमा नै छ । बेरोजगार पैसा र बेरोजगार मानिस उस्तै हुन । दुवै अवस्थाले साँवा वा मुलधन समाप्त पारिदिन्छ । पैसा बेरोजगार भए थप कमाउन सक्दैन । अनि साँवा नै झिकेर खानु पर्ने हुन्छ । मानिस बेरोजगार हुँदा पनि आम्दानीको

महानगरमा एमालेका विद्यासुन्दरको मनलाग्दो निर्णयः मोबाईल किन्नेदेखि भत्ता पचाउनेसम्म

Image
साभारः नेपाल पाना online news ८ असार २०७४, बिहीबार काठमाडौं महानगरका जनप्रतिनिधिहरुले अलोकप्रिय निर्णयहरु गर्न थालेका छन् । २० वर्षपछि भएको स्थानीय तह निर्वाचनबाट निर्वाचित भएर आएका महानगरका जनप्रतिनिधिहरु यतिबेला अलोकप्रिय निर्णय गर्नमा व्यस्त रहेका छन् । महानगरपालिकाको बैठकबाट जनप्रतिनिधिले आफ्ना लागि मोबाइल फोन किन्ने निर्णय गरेको पाइएको छ । नगर कार्यपालिकाको मंगलबार बसेको बैठकले जनप्रतिनिधिको सेवा सुविधाका लागि भन्दै ३५ लाख रुपैयाँ छुट्याउने निर्णय गरेको छ । त्यो रकममा मोबाइल खरिद पनि समावेश रहेको पाईएको हो । काठमाडौं महानगरपालिकाका मेयर र उपमेयरलाई आफूले रोजेको मोबाइल किन्ने छुट दिइएको छ । उनीहरुले मोबाइल किनेर बिल पेश गरेपछि रकम पाउनेछन् । नगर कार्यपालिका सदस्यका लागि मोबाइल खरिदका लागि ३० हजार रुपैयाँ दिइने भएको छ । नगरकार्यपालिका सदस्यमा ३२ वडाका वडाध्यक्ष र ८ सदस्य छन् । यसरी हेर्दा नगरकार्यपालिका सदस्यका लागि मोबाइल किन्न मात्र १२ लाख खर्च हुन्छ । महानगरले मोबाइलमात्रै किन्ने निर्णय गरेको होइन कि मेयर र उपमेयरले बिल बमोजिम मोबाइल खर्चसमेत पाउनेछन् । नगर कार्यपालि

सम्झनामा: लौह पुरुष गणेशमान

Image
गणेशमान सिंह गणेशमान सिंह (वि.सं. १९७२-२०५४) नेपालका बरिष्ठ राजनीतिज्ञ, प्रजातन्त्रको योद्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर थिए। काठमाडौंको खानदानी परिवारमा जन्मेका गणेशमान सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने राजनीतिमा आफूलाई होमेका थिए। भद्रगोल जेल फोरी भागेका जोशिला तन्नेरी गणेशमान प्रबास जानुअघि नै तत्कालीन राणा हटाऊ आन्दोलनका एक नायक भैसकेका थिए। भारतमा अर्का नेता बीपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित हुनासाथ अन्य केही सहयोगीसाथ २००३ सालमा स्थापित नेपाली कांग्रेसलाई आजीवन जुझारू नेतृत्व दिन गणेशमानको उल्लेखनीय भूमिका रहेको छ। २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले बीरगञ्ज मोर्चामा सशस्त्र संघर्ष गरेका थिए। संर्घषका हिसाबले बीपी कोइरालाभन्दा बढी समयसम्म देशमा प्रजातन्त्र बहाली र पुर्नबहाली लागि समर्पित गणेशमान सिंह सैद्धान्तिक हिसाबले बीपीका अनुयायी र सबैभन्दा ठूला र्समर्थकका रूपमा नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन सदा क्रियाशिल रहे। पहिलो जननिर्वाचित सरकारमा वरिष्ठ मन्त्री रहेका गणेशमानले २०१७

नेपाली काँग्रेसको स्थानिय निकायको निर्वाचन लक्षित प्रचार सामाग्रीहरु

Image

मोदीलाई टक्कर दिँदै प्रधानमन्त्री देउवाले गरे ‘बोल्ड’ निर्णय !

Image
साभार: नेपाल पाना online news ६ असार २०७४, प्रधानमन्त्री शेरबहादुर देउवाले स्थगित १९ औं सार्क शिखर सम्मेलन पाकिस्तानमै हुने बताएका छन् । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री देउवाले सम्मेलन पाकिस्तानमै हुने र त्यसका लागि वातावरण बनाउन सबै सदस्य जिम्मेवार हुनुपर्ने औंल्याए । पाकिस्तानका तर्फबाट सोमबार सिंहदरबारमा आफूलाई भेट्न आएका सार्क महासचिव अमजद हुसेन वि. सियाललाई उनले सम्मेलन पाकिस्तानमै हुने आशा लिएको बताएका थिए । सार्कको पछिल्लो अवस्थाबारे जिज्ञासा राख्दै उनले सम्मेलनका प्रक्रिया अघि बढाउन सबै सदस्य मुलुक उत्तिकै जिम्मेवार भएर लाग्नुपर्ने बताए । सदस्य मुलुक भारत र पाकिस्तानबीच तिक्तताले गत वर्ष (१५–१६ नोभेम्बर) तय भएको सम्मेलन अन्तिम समयमा स्थगित भएको थियो । भारत, बंगलादेश, श्रीलंका र अफगानिस्तानले अहिलेको अवस्थामा शिखर सम्मेलनमा भाग लिन नसक्ने जनाएपछि सम्मेलन स्थगित गरिएको थियो । पाकिस्तानले सम्मेलनको वातावरण बनाउन पहलका लागि अध्यक्षलगायत सदस्य मुलुकहरूसँग आग्रह गर्दै आएको छ । सार्कको ११ औं सम्मेलन सन् २००२ मा काठमाडौंमा भएको

आजको सामाजिक संजाल

Image
सामाजिक संजाल: सरोज मिश्रको facebook बाट ओली र गच्छदार बीच बिराटनगरमा तालमेल भयो रे ! ठिक छ चुनाव जित्न "रणनीतिक साझेदारी" गर्ने उहाँहरूको हक हो ! एउटा काल्पनिक परिदृष्य - गच्छदार र कांग्रेस बीच यस्तो तालमेल भएको अवस्था ! सामाजिक संजाल कस्ता टिप्प्णीहरुले भरिएको हुन्थ्यो ? बिराटनगरमा कस्ता पोष्टर पाम्प्लेट देखा पर्थे ? फगत मेरो अनुमान:- * फणिन्द्र तिमिल्सिनाका हत्यारा गुण्डा गच्छदार र भ्रष्ट "खसेको" कांग्रेस बीच गठबन्धन ! निर्बाचन भन्दा अघि नै हार स्वीकार ! * वीर सहिद फणिन्द्र तिमिल्सिनाको रगतको बदला लिन्छौं लिन्छौं । मोरङको लाल भुमि हत्यारालाई धुलो चटाउन आतुर छ ! * एमालेलाई सखाप पार्न मोदीको निर्देशनमा गच्छदार र कांग्रेस एक भए ! * "र" प्रमुखले गच्छदार र देउवालाई मिलाइदिएको खुलासा ! यी मेरा अनुमान मात्र हुन् ! अब यसको अर्थ रहेन ! निर्बाचनको परिणाम हेर्न बांकी छ । संभव छ - परिणाम पश्चात् बिजय गच्छदारले हत्यारा र गुण्डाका साथसाथै महान "धोखेवाज" को पगरी लाउने "सौभाग्य" प्राप्त गर्नेछ्न् । एमाले गणबाट पाउने कुनै पनि "पा

सफलता चाहानुहुन्छ ? यी ७ कुरामा ध्यान दिनुहोस

Image
साभारः hamrokura.com प्रकाशित मिति : २,०७४ असार ३ शनिबार एजेन्सी । कयौ पटक हामि आफ्नो सफलताको बारेमा सोचि रहन्छौ तर सफलता भने पाइ रहेका हुदैनौ । किनकि  हामि परिवर्तनको बारेमा बुझ्न सकिरहेका हुदैनौ । यहाँ ७ यस्ता कारणका बारेमा बताइदैछ जसलाई थाहा पाएर तपाई सफल बन्न सक्नुहुनेछ । १. सबै भन्दा पहिले सबै परिवर्तन हुन्छ भन्ने समझिनुस ।  चाहे हामि त्यो परिवर्तनलाई अपनाउ वा नअपनाउ, परिवर्तन हुन्छ नै । राम्रो यहि हुनेछ कि हामि आफै परिवर्तनलाई स्विकार गर्न सिकौ । २. जीवन यति मात्र होइन । जीवन लामो छ  त्यसैले अघि बढेर परिवर्तनलाई अपनाउनुहोस । नयाँ -नयाँ अनुभव लिनुहोस  । जीवनमा धेरै गर्ने मौका पाउनुहुनेछ । ३. एकै ठाँउ, आफुलाई सहज हुने स्थान वा कार्यालयमा बसेर अघि  बढ्न मुशकिल हुन्छ । जीवनमा अघि बढ्नलाई आफुलाई बाहिर निकाल्न आवश्यक हुन्छ  । परिवर्तनलाई अपनाउनु पर्नेछ । ४. बितेको समयलाई बदल्न सकिन्न । तर आउदो समयलाई सुन्दर बनाउन सकिन्छ । यसको लागि अघि बढ्नुहोस् । नयाँ चुनौतिलाई अपनाउनुहोस । सुन्दर भविष्यका कारण कुरुप अतीत पनि ठिक लाग्नेछ । ५. पुरानो कुरालाई सम्झिएर बस्नु आफैलाई पिडा दिन

काँग्रेसबाट निर्बाचित मेयर घनश्याम गिरीले गरे चन्द्रागिरीलाई नमूना नगर बनाउने उद्घोष

Image
प्रकाशित मिति: ३ असार २०७४, शनिबार साभार: सुर्य खबर काठमाडौँ । चन्द्रागिरी नगरपालिकाका नवनिर्वाचित प्रमुख घनश्याम गिरीले उपत्यका प्रवेशको मुख्य नाका थानकोट समेटिएको चन्द्रागिरीलाई नमुना नगरपालिका बनाउने अठोट गरेका छन् । सो नगरपालिका– १३ पुरानो नैकापस्थित सद्भावना नगर, टोल सुधार समितिद्वारा प्रमुख/उपप्रमुखलगायत वडा अध्यक्ष र सदस्यको सम्मानमा आज आयोजित कार्यक्रममा उनले भने– “उपत्यकाकै ठूलो नगरपालिका चन्द्रागिरी क्षेत्रमा रहेका ऐतिहासिक, धार्मिक एवम् सांस्कृतिक सम्पदाको संरक्षण र सम्बर्धन कार्यलाई विशेष प्राथमिकतामा राखेर काम गरिने छ ”। पर्यटन विकासको लागि प्रचुर सम्भावना बोकेको चन्द्रगिरी र कंकाली डाँडामा पर्यटन पदमार्ग र होम स्टे निर्माणका साथै स्थानीय सडक सुधार, खानेपानी, ढलनिकास र फोहरमैला व्यवस्थापन गर्न दीर्घकालीन तथा अल्पकालीन कार्ययोजना तयार गरिने प्रमुख गिरीले प्रतिबद्धता व्यक्त गरे । उपप्रमुख लिसा नकर्मीले संविधान कार्यान्वयन र लोकतन्त्रको विकासमा जनप्रतिनिधिबीच एउटै मत हुन आवश्यक रहेको धारणा व्यक्त गरे। बामपन्थी नेता मोहनचन्द्र अधिकारीले शोषित, पीडित मजदुर र किसान

यस्तो उत्पात पो मच्चाएछन् यी नेताले ! मुद्दा परेको जग्गा झुक्याएर धितो राखी एक अर्ब ५२ करोड ऋण लिएको खुलासा

Image
साभारः न्यूजअभियान (Online News) प्रकाशित मिति : २०७४ असार १ बिहिबार नेकपा एमालेका सांसद् राजेन्द्र प्रसाद पाण्डे मुख्य हर्ताकर्ता भएको नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडले आठवटा वाणिज्य बैंकहरुलाई झूटो विवरण दिएर सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको जग्गा धितो बन्धक राखेर एक अर्ब ५२ करोड रुपैयाँभन्दा बढी ऋण लिएको खुलासा भएको छ । आठवटा बैंक तथा वित्तीय संस्थासँग ऋण लिन उक्त सहकारी संस्थाले गरेको लिखित सम्झैतामा संस्थाको नाममा दर्ता भई भोगचलन गरी आएको, हकहिस्सा पुगेको, अरु कसैलाई धितो बन्धक, राजीनामा नदिएको र कुनै मुद्दा मामिला नभएको भनेर २०७२ साल वैशाख ३१ गते काठमाडौं महानगरपालिका १३ नम्बर वडाको कित्ता नम्बर २१४, २१२, ३० र २९ का जग्गा धितो बन्धक राखेर एक अर्ब ५२ करोड ४८ लाख ५ हजार ६ सय २ रुपैयाँ ऋण लिएको थियो । सो जग्गा उक्त सहकारीले सेटिङमा ऋण असुली न्यायाधिकरणबाट मालपोत रजिष्ट्रेसनभन्दा कम मूल्यमा २०७१ साल माघ २२ गते खरिद गरेको थियो । उक्त जग्गा न्यायाधिकरणले सेटिङमा बिक्री गरेपछि जग्गाका वास्तविक मालिक महालक्ष्मी गार्मेन्ट इन्डष्ट्रिजका प्रोपाइटर बृजगोपाल इनानीले

सन्त नेता कृष्ण प्रसाद भट्टराई

Image
कृष्णप्रसाद भट्टराई कृष्णप्रसाद भट्टराई (वि.सं.१९८१-२०६७) (राजनैतिक नाम किशुनजी) नेपालका बरिष्ठ राजनीतिज्ञ थिए। यिनी नेपालको पहिलो संसदका पहिलो सभामुख तथा बहुदलीय व्यवस्थाको पुनर्स्थापना पश्चातका पहिला प्रधानमन्त्री हुन। यिनी वि.सं. २००३ सालमा नेपाली काङ्ग्रेस गठन गर्दा देखि नै नेपालको राजनीतिमा संलग्न थिए। यिनले २००७ सालको सशस्त्र क्रान्तिमा जनकपुर―उदयपुर कब्जा गर्ने मुक्ति सेनाको कमाण्डरका रूपमा काम गरेका थिए। भट्टराई वि.सं. २०१५ सालमा संसदको तल्लो सदन प्रतिनिधि सभाका सभामुख भएका थिए। सदैव हँसिलो कृष्णप्रसाद भट्टराई २९ औं प्रधानमन्त्री (नेपाल) कार्यकाल ३१ मे, १९९९ – २२ मार्च, २०००शासक :वीरेन्द्र अग्रज :गिरिजा प्रसाद कोइराला उतराधिकारी :गिरिजा प्रसाद कोइराला कार्यकाल १९ अप्रिल, १९९० – २६ मे, १९९१ शासक :वीरेन्द्र अग्रज :लोकेन्द्र बहादुर चन्द उतराधिकारी :गिरिजा प्रसाद कोइराला चौथो सभापति - नेपाली काँग्रेस कार्यकाल १७ जनवरी, १९९२ – १० मे, १९९६उतराधिकारी :गिरिजा प्रसाद कोइरालाकार्यकाल १२ फेब्रुअरी, १९७६ – १६ जनवरी, १९९२ (कार्यवाहक)अग्रज :विश्वेश्वरप्रसाद कोइराला स

जानकारी: राजनेता गिरिजा प्रसाद कोईराला

Image
गिरिजा प्रसाद कोइराला गिरिजा प्रसाद कोइराला नेपाली कांग्रेसको सभापति थिए। उनी चार पटक नेपालको प्रधानमन्त्री भए - १९९१ देखि १९९४, १९९८ देखि १९९९, २००० देखि २००१, र २००६देखि २००८ सम्म। उनी सन् १९५९ पछिको पहिलो जननिर्वाचित प्रधानमन्त्री भएका थिए। त्यति बेला उनका दाजु विश्वेश्वर प्रसाद कोइराला र उनको राजनैतीक पार्टी नेपाली कांग्रेसले नेपालको प्रथम लोकतान्त्रिक निर्वाचन अत्याधिक बहुमत ल्याएको थियो। उनी नेपाली काङ्ग्रेसकासभापति र सात राजनैतीक दलहरूको मोर्चाको नेता थिए। उनी ६० वर्षभन्दा धेरै समय देखि राजनीतिमा संलग्न भएका थिए। उनले आफ्नो राजनैतिक जीवनको सुरूवात, आफ्नो गृहनगर बिराटनगरको जुट मिलका श्रमिक नेताको रूपमा सुरू गरेका थिए। वि.स. २०६६ साल चैत ७ गते मध्यान्ह १२ बजेर १० मिनेट जाँदा उनको निधन भयो। गिरिजा प्रसाद कोइरालाव्यक्तिगत जानकारी जन्म ४ जुलाई १९२४ सहरसा जिल्ला, बिहार, भारत मृत्यु २० मार्च २०१० (८५ वर्ष) काठमाण्डौ, नेपाल नागरिकता: नेपाली राजनीतिक दल: नेपाली काँग्रेस जीवनसाथी: सुष्मा कोइराला सन्तान: सुजाता कोइराला पेशा: राजनीतिज्ञ धर्म: हिन्दू परिवार र प्रारम्भिक जिव

मन छुने कथा !

Image
एक सुन्दर जोडि थिए।। केटा र केटि धेरै बर्ष माया प्रेम बसे पछि विवाह गर्छन , विवाह पछि त झन माया प्रेम पनि धेरै बड्दै जान्छ, दुबै जना धेरै नै खुशि र एक सुखि परिवारका साथ रमाउदै जिवन निर्वाह गरि रहेका हुन्छन।। बिहान बेलुका श्रीमती पुजा पाठ गर्न गरेर सधै आफ्नो पतिको लामो अायु होश भनि भगवान संग प्रार्थना गर्थिन।। अनि श्रीमान भने दिन भरि काम गरेर आउथे ,दिन भरि मजदुरी गरेर एक नया जिबनको नया सुरुवात श्रीमतीलाई खुशि राख्ने पतिको सोच थियो।। एकदिन बिहानै केटा काममा जान्छ।। तर बेलुका साझ परिसक्दा पनि फर्कदैन।। श्रीमान घर नफर्के पछि केटि धेरै आत्तिन्छिन, धेरै पल्ट फोन try गर्छिन, तर मोबाईल Switch Off हुन्छ , रात भरि आफ्नो श्रीमान आउने आशामा ढोकामा बसेर कुरी रहन्छिन, भोलीपल्ट बिहानको 7 बजे पछि केटा घर आउछ, तब.श्रीमतीलाई उसले ढोकामै देख्छ।। अनि श्रीमानले भन्छः किन रुदै ढोकामा बसेकि नि, आऊ उठ भित्र जाऊ , अनि श्रीमतीले भन्छिनः तपाई रात भरि कहा जानु भएको थियो र..?? श्रीमान केहि नबोलि कोठा तिर जान्छ र सुत्छ।। भोली पल्ट श्रीमतीले भन्छिनः ए हजुर!! काममा जानु हुन्न ? श्रीमान झर्केर बोल

प्रचण्ड कसरी सफल, देउवा किन असफल ?

Image
■ देवप्रकाश त्रिपाठी प्रस्तुति अस्पष्ट भए पनि शेरबहादुर देउवा आफ्नो हितबारे स्पष्ट मानिन्छन्, तर गणतन्त्रकालीन प्रधानमन्त्री बन्ने आकाङ्क्षाले यसपटक उनलाई झुक्यायो । चटके शैलीमा पटके प्रधानमन्त्री बनेर प्रचण्डले जनतालाई चक्मा दिए र आफू ‘सफल प्रधानमन्त्री’ भएको दाबी गर्न पाउने हैसियतमा प्रकट भए । नेपालको तराई नजोडिएका केही पहाडी भू–भागमा स्थानीय निर्वाचन गराउन सक्नुलाई प्रचण्डले आफ्नो बहादुरीका रूपमा प्रस्तुत गरिरहेका छन् । त्यस्तै, पच्चीस वर्षपछि आफूले आर्थिक विकासको दर सात प्रतिशत नघाएको भनेर पनि उनले झ्याली पिटिरहेका छन् । प्रचण्डको प्रचारबाजीकै आधारमा शेरबहादुर देउवाका आगामी दिनहरूको विश्लेषण गर्ने हो भने उनले आर्थिक विकासदर फेरि पनि सात प्रतिशतभन्दा माथि पु¥याउनुपर्ने हुन्छ र स्थानीयसहित सात प्रदेश र संसद्को निर्वाचन आगामी माघ ७ गतेभित्र सम्पन्न गर्नैपर्ने हुन्छ । सुदूरपश्चिमका ठकुरी–क्षेत्री, काठमाडौंका नेवार, सिन्धुपाल्चोकका तामाङ, ताप्लेजुङका लिम्बू, खोटाङका राई, पोखराका गुरुङ, रोल्पाका मगर या कैलाली र बर्दियाका थारूहरूका कारण स्थानीय निर्वाचन हुन नसक्ने भन्ने थिएन । स

काँग्रेसबाट बिराटनगरको मेयरमा भीम पराजुली र उपमेयरमा ईन्दीरा कार्की

Image
बिराटनगरका तराई, पहाड र मधेशी जनतासंग लोकप्रीय रहेका पराजुलीले टिकट पाउदा ०५४ सालमा जस्तो काँग्रेसले हार नब्योहनुपर्ने आँकलनका साथ भीम पराजुलीले नेपाली काँग्रेसका तर्फबाट टिकट पाएका छन् । उपमेयरमा भने इन्दिरा कार्कीले बाजी मारेकी छिन् । बिराटनगर महानगरपालिकाको मेयरमाभीम पराजुलीले उमेर्द्वारी दिने निश्चित भएको छ । बिराटनगर महानगरका नगर सभापति भीम पराजुलीलाई डा. शेखर कोईरालाले, विश्वनाथ रिजाललाई रामचन्द्र पौडेल, महेश आचार्य र मीनेन्द्र रिजालले र डा. डीला पन्त संग्रौलालाई मोरङ जिल्लाले उमेर्द्वार बनाउन चाहेपनि पछिल्लो समयमा काँग्रेसका प्रभाबशाली केन्द्रीय सदस्य डा. शेखर कोईराला, सूजाता कोईराला लगायतका प्रभावशाली नेताले भीम पराजुलीलाई उमेर्द्वार बनाउने कुरामा तीब्र लबिगं गरेपछि कोइराला परिवारको पोल्टामा मेयर पद गएको हो । बिराटनगर महानगरपालिकाका पार्टी नगर सभापति समेत रहेका पराजुली महेन्द्र मोरगं क्याम्पस बिराटनगरमा दुईपटक सम्म स्ववियू सभापति बनेका थिए । बिराटनगरमा नै बसेर काँग्रेस राजनीतिमा सकृय पराजुली शिक्षा र स्वास्थ्य क्षेत्रको सेवामा रहेका छन् । केहिदिन अगाडीबाट क्षेत्र