धादिङमा बसेर भारतलाई गाली गर्नेहरुलाई भारतीय दुताबास संग मिलेर संसद राजेन्द्र पाण्डेको झापड, अहिलेसम्म कै ठुलो भारतिय सहयोग : ‘पाँच करोड लगानीमा बन्ने भो आदर्श बहुमुखी क्याम्पसको नयाँ भवन’

३ साउन,धादिङ । भारत सरकारको सहयोगमा गजुरीमा रहेको   अव अत्याधुनिक र प्राविधिक भवन बन्ने भएको छ । चार करोड १२ लाख भारत सरकारको सहयोग र बाँकी रकम विद्यालयका अन्य स्रोतबाट बन्ने भवन २६ कोठाको हुनेछ । करिव पाँच करोड लागतमा बन्ने भवन संगै क्यान्टिन र प्राविधिक कक्ष रहने क्याम्पसका अध्यक्ष समेत रहेका धादिङ क्षेत्र नम्बर ३ का सांसद राजेन्द्र प्रसाद पाण्डेले हेडलाईन नेपाललाई बताए ।
शुक्रबार क्याम्पस भवनको शिलान्यास गर्दै भारतिय राजदुत मञ्जिव सिंह पुरीले आदर्श क्याम्पस धादिङको मात्रै नभई नेपालकै शिक्षामा आदर्शको रुपमा रहने बताए । भारत सरकार मार्फत नेपाल स्थित भारतिय राजदुत हुँदै सहयोग रकम जिल्ला समन्वय समिती मार्फत आउने सांसद पाण्डेले बताए । धादिङमा भारतले दिएको यो सहयोग अहिले सम्मकै ठुलो हो । शिलान्यास पछि बोल्दै राजदुत पुरीले धादिङको शिक्षाको विकासमा यो सहयोगले दुरगामी असर पार्ने भन्दै स्तरिय भवन बन्नेमा विश्वस्त रहेको बताए ।

पुरीले भने–’यहाँका सांसद पाण्डेको शिक्षाप्रतिको लगाव र उनको उपयुक्त प्रस्ताव
हामिलाई स्विकार्य भयो र यो सहयोग गर्न तयार भर्यौ अव यसको पारदर्शी र
व्यवस्थित ढंङ्गले सदुपयोग रहनेछ ।’ उनले कुनै पनि देशको विकासको लागि
शिक्षामा लगानी गर्नु नै देशको सही बाटो रहेको बताए । राजदुत पाण्डेले
धादिङको सुन्दरता देखी पग्लिएको र आफु खुसी समेत भएको बताएका थिए ।

धादिङमा अहिलेसम्मकै ठुलो सहयोग : नेता पाण्डे

भारतिय सहयोगमा बन्न लागेको आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष समेत हुन
सांसद पाण्डे । उनले यो क्याम्पसलाई बर्षौ अघिदेखी सहयोग र सद्धभाव निरन्तर देखाउदै आएका छन । शिलान्यास कार्यक्रममा बोल्दै सांसद पाण्डेले क्याम्पस भवन १५ महिना भित्र बन्ने बताए । उनले यो धादिङको दक्षिणी भेगको पहिलो र सिङ्गो धादिङकै दास्रो ठुलो सामुदायिक क्याम्पसले खास गरी टाढा–टाढा सम्म जान नसक्ने छोरी,बुहारी यस भेगमा रहेका विपन्न,चेपाङ,तामाङ र अन्य जनजाती तथा दलित समुदायलाई शिक्षाको क्षेत्रमा उल्लेखनिय सहयोग पुर्याउने बताए । उनले भने-‘खासमा त भारतले धादिङमा अहिलेसम्मकै ठुलो सहयोग गरेको र सहयोग अनुरुपको विश्वसनिय काम गरेर देखाउने छौँ ।’
उनले भारतको यो सहयोगले चिरकाल सम्म रही आएको नेपाल भारतको
सम्बन्ध अझै धादिङले गाढा बनाएको जिकिर समेत गरे । उनले क्याम्पसलाई
पुर्ण रुपमा प्राविधिक बनाउन कम्प्यूटर शिक्षामा जोड दिने र यहीँ क्म्प्यूटर शिक्षक उत्पादन गरेर जिल्लाकै प्रविधिमैत्री क्याम्पस बनाउनको लागि थप सहयोगको अपेक्षा समेत राखेका थिए । उनले होस्टल र गाडीको समेत असुविधा रहेको बताए । यस क्याम्पसमा २०० भन्दा विद्यार्थी रहेका छन ।

छापभञ्ज्याङ खानेपानी आयोजनालाई ३८ करोड सहयोग

भारत सरकारले छापभञ्ज्याङ खानेपानी योजनालाई ३८ करोड ३ लाख सहयोग गरेका छ । त्यस्तै आठ ओटा एम्बुलेन्स र १ वटा बस समेत सहयोग गरेको छ ।
headlinenews.com बाट समाचार साभार गरिएको 

Comments

Popular posts from this blog

डराए केपी ओली, मौन समयमा ‘पत्रकार सम्मेलन’ गरेर सरकारमाथि खनिए

प्रचण्ड कसरी सफल, देउवा किन असफल ?

जानकारी: राजनेता गिरिजा प्रसाद कोईराला