दुई नम्बर प्रदेशमा एमालेलाई जिताउन यस्तो छ ‘राजपाको मास्टर प्लान’, राजेन्द्र महतोले गरे खुलासा

मधेशविरोधी एमालेसँग मित्रता गासेको भन्दै राजपाविरुद्ध जनआक्रोश बढ्दै छ । 
काठमाडौं २६, असार । स्थानीय तहको पहिलो चरणको चुनावमा पहिलो स्थान ल्याउन सफल भएको एमालेले दोस्रो चरणको चुनावमा पनि पहिलो बन्नुमा राजपाको धेरै ठूलो योगदान रहेको तथ्य बाहिर आएको छ । असोज २ गते पर्सादेखि सप्तरीसम्म हुने तेस्रो चरणको निर्वाचनमा फेरि पनि एमालेलाई पहिलो पार्टी बनाउने गरी राजपाले मास्टर प्लान तयार गरेको खुलासा भएको छ ।
मधेशी समुदायले आफ्नो कट्टर शत्रुको रुपमा देख्ने एमालेलाई राजपाले पहिलो पार्टी बनाउन लागि परेको देखेर जनता आश्चर्यचकित बनेका छन् । उपेन्द्र यादवलाई मधेश विरोधीको रुपमा चित्रण गर्ने तर मधेश विरोधी एमालेलाई मित्र मानेर हिडेको राजपाको यस्तो रवैया देखेर मधेशी जनता जिब्रो टोक्न थालेका छन् ।
एमालेलाई मित्र मानेर अघि बढेको राजपाप्रति मधेशमा दिनप्रतिदिन आक्रोश चुलिँदै छ । संविधान संशोधनको माग गर्दै चुनाव बिथोल्ने गरी आन्दोलनमा होमिएको राजपाप्रति जनताको सहानुभूति बढेको थियो । तर, आन्दोलनको मुख्य उद्देश्य पार्टी दर्ता र चुनाव चिन्ह रहेको तथ्य सार्वजनिक भएसँगै जनस्तरबाट राजपाको व्यापक विरोध हुन थालेको छ ।
उपेन्द्र यादवविरुद्ध जनता भड्काएर एमालेलाई जिताउन राजपाले महत्वपूर्ण भूमिका निर्वाह गरेको देखेपछि जनता ऊसँग चिढिदैछन् । कोर मधेशमा हुने तेस्रो चरणको चुनावमा पनि एमाले पहिलो शक्ति बन्ने महतोको भनाईले त राजपा र एमालेको गोप्य कनेक्सनलाई पुष्टि गरको छ ।
पछिल्लो दृष्टान्तलाई हेर्ने हो भने एमाले र राजपाका नेताहरुले एक अर्काप्रति सकारात्मक धारणा राख्दै आएका छन् । एमाले र राजपाका नेताहरुको अभिव्यक्ति हेर्दा उनीहरुको सम्बन्ध सुमधुर बनिसकेको छ । स्रोतका अनुसार यसबीच राजपा र एमालेका नेताहरुबीच थुप्रै पटक गोप्य बैठक भइसकेका छन् ।
मधेश केन्द्रीत दोस्रो चरणको निर्वाचनमा राजपाले एमालेको पक्षमा भोट हाल्न आफ्ना नेता कार्यकर्तालाई सार्वजनिक आह्वान नै गरेको थियो । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाललाई हराउन राजपाले एमालेको पक्षमा मतदान गरेको थियो । राजपाकै एक शीर्ष नेताले गल्ती स्वीकार गर्दै भने,– ‘दोस्रो चरणको चुनावमा राजपाले एमालेको पक्षमा मतदान नगरेको भए संघीय समाजवादी फोरम नेपालको स्थिति निकै नै माथि हुन्थ्यो ।’
दोस्रो चरणमा सहयोग गरे जस्तै राजपाले तेस्रो चरणको चुनावमा पनि एमालेलाई पहिलो पार्टी बनाउन तयारी थालिसकेको छ । यसको खुलासा राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले नै गरेका छन् । नागरिक दैनिकलाई आइतबार दिएको अन्तर्वार्तामा महतोले दुई नम्बर प्रदेशमा एमाले पहिलो पार्टी बन्ने दाबी गरेका छन् ।
महतोको दाबीले राजपा र एमालेको गोप्य कनेक्सन छताछुल्ल भएको हो । हुनत चुनावअघि नै राजपा र एमालेको गोप्य सम्बन्ध बारे समाचारहरु सार्वजनिक भइसकेका थिए ।

तराई मधेसमा एमाले पहिलो पार्टी भएको विषयमा आफूहरुभित्र पनि छलफल चलेको महतोले वताए । ‘म भोटको कुरा गर्दिनँ, भोट त ब्यक्तिको छविले पनि आउँदो रहेछ । सरकारको रियाक्सनका कारण पनि मत जान्छ’ महतोले भनेका छन्, ‘हिजो पनि बैठकमा कुरा चल्यो कि टीकापुरमा कसरी एमालेले जित हासिल गर्यो ?

Comments

Popular posts from this blog

डराए केपी ओली, मौन समयमा ‘पत्रकार सम्मेलन’ गरेर सरकारमाथि खनिए

प्रचण्ड कसरी सफल, देउवा किन असफल ?

जानकारी: राजनेता गिरिजा प्रसाद कोईराला