Power of Words

एउटा युवा चितुवा पहिलो पटक सिकार गर्नको लागि निस्किएछ । थोरै अगाडी के बढेका थिए कि एउटा हाइना ले उसलाई रोक्दै भने " ओइ फुच्चे कहाँ गइरहेका छौ तिमी ? "

" म त आज पहिलो पटक आफै सिकार गर्नको लागि निस्किदैछु " ! चितुवाले रोमान्चित मुडमा भने ।

हा ! हा ! हा ! हाइनाले हास्दै भन्यो " अहिले त तिम्रो खेल्ने , दौडिने दिन हो तिमी यति सानो छौ तिमिसित सिकार गर्ने कुनै अनुभव छैन , तिमीले के सिकार गर्छौ र ?"

हाइनाको कुरा सुनेर चितुवा निराश भएछ । दिनभर सिकार को लागि ऊ जङ्गल मा यता उता गरिरहयो । कुनै एउटा प्रयासले पनि सफलता मिलेन । अन्त्यमा भोकभोकै उसलाई आफ्नो घर फर्किनुपर्यो ।

अर्को बिहान ऊ फेरि शिकारको लागि निस्कियो । केही बेर पर गइसकेपछी उसलाई एउटा बूढो बाँधरले देखेछ र सोधेछ " कहाँ जादैछौ भान्जा  ?"

" बाँदर मामा ! म सिकार को लागि जादैछु , " चितुवाले भन्यो ।

" धेरै राम्रो , तिम्रो ताकत र गतिको कारणले तिमी एउटा राम्रो कुशल सिकारी बन्न सक्छौ , प्रयास गर जाउ तिमिले छिट्टै सफलता पाउनेछौ "/ बाँदर भन्यो ।

यो कुरा सुनेर चितुवा धेरै उत्साहित  भयो । र केही समयमै उसले एउटा हरीणलाई सिकार गर्यो ।

मित्रहरु ! हाम्रो जिन्दगीमा पनि शब्दहरुले धेरै महत्व राख्दछ । दुवै दिन मा चितुवा उहीँ थियो उसमा त्यही फुर्ती र उहीँ ताकत पनि थियो तर जुनदिन उसलाई Discourage गरियो त्यो दिन ऊ असफल भयो र जुनदिन उसलाई Encourage गरियो ऊ सानदार सित सफल भयो ।

पहिलो कुरा हाम्रो प्रयास यो हुनुपर्दछ कि हामीले आफ्नो शब्दहरु प्रयोग गर्दा कसैलाई Discourage नहोस । सबैलाई Encourage मिलोस। Of Course यसको मतलब यो होइन कि हामीले उसको कमिहरुलाई अवगत नगराएर या झुठ बोलेर इन्करेज गर्ने ।

दोस्रो कुरा हामी हमेशा ती मान्छेहरुबाट टाढै बसौ जसले सधै नेगेटिभ सोच्दछ र उनिहरु सित मित्रता जोड्नुस जोसित Outlook Positive हुन्छ  ।

तेस्रो कुरा जुन सबैभन्दा महत्वपुर्ण छ , हामीले आफैसित कस्तो कुराहरु गर्छौ , Self Talk मा कस्तो शब्दहरु प्रयोग गर्छौ यसलाई सबैभन्दा धेरै ध्यान राख्नुस । किनकी यो शब्द धेरै शक्तिशाली हुन्छ , यो शब्द नै हाम्रो विचार बन्दछ र विचार नै हाम्रो जिन्दगीमा वास्तविकता बनेर आउँछ । त्यसैले साथीहरु Words को Power लाई बुझ्ने कोसिस गर्नुहोस । जहाँसम्म हुन सक्छ Positive words प्रयोग गर्नुहोस । यो कुरालाई बुझ्नुस कि यसले मेरो जिन्दगीलाई बदल्न सक्छ ।

Comments

Popular posts from this blog

डराए केपी ओली, मौन समयमा ‘पत्रकार सम्मेलन’ गरेर सरकारमाथि खनिए

प्रचण्ड कसरी सफल, देउवा किन असफल ?

जानकारी: राजनेता गिरिजा प्रसाद कोईराला