सन्त नेता कृष्ण प्रसाद भट्टराई

कृष्णप्रसाद भट्टराई

कृष्णप्रसाद भट्टराई (वि.सं.१९८१-२०६७) (राजनैतिक नाम किशुनजी) नेपालका बरिष्ठ राजनीतिज्ञ थिए। यिनी नेपालको पहिलो संसदका पहिलो सभामुख तथा बहुदलीय व्यवस्थाको पुनर्स्थापना पश्चातका पहिला प्रधानमन्त्री हुन। यिनी वि.सं. २००३ सालमा नेपाली काङ्ग्रेस गठन गर्दा देखि नै नेपालको राजनीतिमा संलग्न थिए। यिनले २००७ सालको सशस्त्र क्रान्तिमा जनकपुर―उदयपुर कब्जा गर्ने मुक्ति सेनाको कमाण्डरका रूपमा काम गरेका थिए। भट्टराई वि.सं. २०१५ सालमा संसदको तल्लो सदन प्रतिनिधि सभाका सभामुख भएका थिए।

सदैव हँसिलो कृष्णप्रसाद भट्टराई

२९ औं प्रधानमन्त्री (नेपाल)

कार्यकाल
३१ मे, १९९९ – २२ मार्च, २०००शासक :वीरेन्द्र
अग्रज :गिरिजा प्रसाद कोइराला
उतराधिकारी :गिरिजा प्रसाद कोइराला
कार्यकाल १९ अप्रिल, १९९० – २६ मे, १९९१
शासक :वीरेन्द्र
अग्रज :लोकेन्द्र बहादुर चन्द
उतराधिकारी :गिरिजा प्रसाद कोइराला

चौथो सभापति - नेपाली काँग्रेस
कार्यकाल
१७ जनवरी, १९९२ – १० मे, १९९६उतराधिकारी :गिरिजा प्रसाद कोइरालाकार्यकाल
१२ फेब्रुअरी, १९७६ – १६ जनवरी, १९९२ (कार्यवाहक)अग्रज :विश्वेश्वरप्रसाद कोइराला

सभामुख - प्रतिनिधि सभा
कार्यकाल
मे, १९५९ – २६ डिसेम्बर, १९६०व्यक्तिगत जानकारीजन्म१३ डिसेम्बर १९२४मृत्यु४ मार्च २०११ (८६ वर्ष)
काठमाडौं, नेपालराजनीतिक दलनेपाली काँग्रेस
भट्टराई वि.सं. २०४६ को जनआन्दोलन पछि गठित अन्तरिम मन्त्रीपरिषदमा पहिलो पटक प्रधानमन्त्री बनेका थिए। नेपाल अधिराज्यको संविधान २०४७ (१९२४-२०११) निर्माण गरी लागू गराउने र बहुदलीय प्रतिस्पर्धाको आधारमा संसदीय निर्वाचन गराउने महत्त्वपूर्ण दायित्त्व यिनले सफलता पूर्वक बहन गरेका थिए। तर आफू प्रधानमन्त्री हुँदै गराएको २०४८ को आम निर्वाचनमा यिनी आफू भनें काठमाडौँबाट पराजित भएका थिए। पछि २०५६ को आम निर्वाचनमा विजयी भएपछि पुनः एकपटक प्रधानमन्त्री बनेका थिए। [१]
गान्धीवादी सन्त नेता मानिने भट्टराई दृढ अठोट र संकल्पका धनी व्यक्तित्व मानिन्थे। यिनी स्पष्टवक्ता र सिद्धान्तनिष्ठ नेताका रूपमा चिनिन्थे। हरदम हँसिलो रहने भट्टराईको सेन्स अफ ह्युमर उच्च रहेको थियो। गम्भीर समस्यालाई हल्का रूपमा लिएर पचाउने क्षमता यिनमा रहेको थियो। पदमा बस्दा व्यक्तिगत लाभमा नमुछिएकाले यिनलाई स्वच्छ छवि भएका नेताको रूपमा लिइन्छ।

ब्यक्तिगत जीवन
कृष्णप्रसाद भट्टराई आजीवन अविवाहित रहे। सन्त प्रवृत्तिको भएकाले गर्दा केहीले यिनलाई सन्त नेता भनेर पनि सम्वोधन गर्ने गरेका छन्। अत्यन्तै सादा जीवन भएका भट्टराई कहिलेकाँही छाता मात्र लिएर हिँड्दथे। २०४८ को निर्वाचनमा पराजित भएपछि बालुवाटार स्थित प्रधानमन्त्री निवास छोडेर निस्कँदा यिनी हातमा छाता र कमण्डलु लिएर पैदलै निस्केका थिए।

राजनैतिक जीवन
राणा प्रधानमन्त्री वीर सम्शेरको वक्रदृष्टिमा परेका पं. विश्वनाथ भट्टराई (कृष्णप्रसाद भट्टराईका हजुरबुवा) सपरिवार बनारस निर्वासनमा गएपछि उनी त्यहींबाट बिहारको रामनगर राज्यका राजाका पुरोहित बन्न पुगे। उनका छोरा संकटाप्रसाद पनि तिनै रामनगर रामराजाका पुरोहित थिए। यिनका चारै भाइ छोराहरू भने बनारसमा बसेर अध्ययन गर्दथे। त्यहींबाट यी चारैजना भारतीय स्वतन्त्रता आन्दोलनमा सक्रिय भएका थिए। दाइहरूको प्रभावले कान्छा कृष्णप्रसाद राजनीतिमा झन अगुवा हुन पुगे।
भट्टराई सन १९४२ को अङ्ग्रेज भारत छोडो स्वतन्त्रता आन्दोलनमा सक्रिय सहभागी भएर पहिलो पटक अङ्ग्रेज सरकारबाट पक्राउ परेका थिए। सन् १९४५ मा बनारस हिन्दू युनिभर्सिटी स्थित नेपाल छात्र संघको उपाध्यक्षका रूपमा रहेर नेपाली विद्यार्थीहरू बीच राजनैतिक चेतना फैलाउने काममा भट्टराई सक्रिय रहे। त्यसपछि नेपालको निरङ्कुशतन्त्र हटाउन आन्दोलन गर्नुपर्ने सम्बन्धमा छलफल हुन थाले। बीपी कोइराला र अन्य केही तात्कालीन युवाहरू पहिलेदेखि नै सँगठनमा लागेका थिए। नेपालको १०४ वर्ष लामो निरङ्कुश राणा शासन समाप्त पारेर संवैधानिक राजतन्त्रात्मक प्रजातन्त्र स्थापना गर्ने उद्देश्यले पहिलो पटक वि.सं. २००३ मा भारतको बनारसमा अखिल भारतीय नेपाली राष्ट्रिय काङ्ग्रेस नामक संस्था गठन भयो। देवीप्रसाद सापकोटाको सभापतित्वमा बनेको उक्त संस्थाका महामन्त्री रहेका भट्टराईले वि.सं. २००३ माघमा कलकत्तामा स्थापित नेपाली राष्ट्रिय कांग्रेसमा सँगठन मन्त्रीको पद सम्हालेका थिए।
नेपाली राष्ट्रिय काङ्ग्रेस र नेपाल प्रजातन्त्र काङ्ग्रेस मिलेर वि.सं. २००६ चैतमा नेपाली काङ्ग्रेस गठनपछि यिनी सहमहामन्त्रीको पदमा पुगे। यिनले २००७ सालको सशस्त्र क्रान्तिमा जनकपुर―उदयपुर कब्जा गर्ने मुक्ति सेनाको कमाण्डरका रूपमा काम गरेका थिए। प्रजातन्त्र स्थापनापछि २००८ मा प्रथम पटक गठित सल्लाहकार सभाका अध्यक्ष भएका भट्टराईले २०१६ सालमा प्रतिनिधि सभाका सभामुखको पदको दायित्व वहन गरेका थिए।
२०१७ पौष १ गतेका दिन थापाथलीमा सम्पन्न हुँदै गरेको तरुण दलको सभास्थलबाट तात्कालीन प्रधानमन्त्री बीपी कोइरालासँगै तरुण दलको अधिवेशन स्थल त्रिपुरेश्वरबाट पक्राउ परेपछि भट्टराईले निरन्तर १० वर्षसम्म जेल बस्नुपर्‍यो। त्यसपछि पनि पटक-पटक जेल परेका भट्टराईले आफ्नो जीवनमा १४ वर्षभन्दा बढी समय जेलमै बिताउनुपरेको थियो। एक दशक लामो जेल जीवनबाट मुक्त हुने वित्तिकै २०२७ वैशाख ६ गते नेपाल विद्यार्थी सङ्घस्थापना समारोहको उद्घाटन गर्ने भट्टराईले विद्यार्थी आन्दोलनलाई सक्रिय पार्न विशेष योगदान दिएका छन्।
२०३४ मा सम्पन्न भएको पटना सम्मेलनबाट बीपी कोइरालाले स्वास्थ्यको कारण देखाई भट्टराईलाई नेपाली कांग्रेसको कार्यवाहक सभापति बनाए। बीपीको निधन पछि २०३९ मंसीरमा गणेशमान सिंह निवास क्षेत्रपाटीमा सम्पन्न सम्मेलनबाट पुनः कार्यवाहक सभापतित्वमा समर्थित भएका भट्टराईले करिब डेढ दशक कार्यवाहक सभापति कै रूपमा रहेर नेपाली काङ्गेसको नेतृत्व सञ्चालन गरे। नेपाली कांग्रेसको आठौं महाधिवेशन २०४८ बाट सर्वसम्मतिबाट सभापतिमा निर्वाचित गरेपछि यिनले २०५३ सम्म सभापतिको पद सम्हाले।
भट्टराईको १७ वर्षे सभापतित्व कालमा २०४२ को देशव्यापी सत्याग्रह सम्पन्न भयो। २०४६ को जनआन्दोलन घोषणा भएको क्षेत्रपाटी सम्मेलनको सभापतित्व पनि यिनैले गरेका थिए। त्यस जनआन्दोलनको पार्टी सभापतिका रूपमा नेतृत्व गर्ने भट्टराई प्रजातन्त्र पुनर्स्थापना भएपछि पहिलो अन्तरिमकालीन प्रधानमन्त्री बने। तोकिएको एक वर्ष भित्रै संविधान निर्माण र निर्वाचन सम्पन्न गराएर संवैधानिक राजा र जनताद्वारा आफूलाई सुम्पिएको काम सफलताका साथ पूरा गरे। २०४८ को निर्वाचनमा उनी पराजित भए। २०१५ मा गोर्खाबाट र २०५१ मा काठमाडौं क्षेत्र नं. १ बाट निर्वाचनमा भाग लिँदा पनि उनी पराजित भएका थिए।
भट्टराईले नेपाली कांग्रेसको स्थापना कालदेखि नै बीपी कोइराला, सुवर्ण शम्शेर र गणेशमान सिंह तीनैजना नेताहरूसँग समान रूपले काम गर्दै आएका छन्। अहिंसात्मक आन्दोलनबाटै प्रजातन्त्र स्थापना गर्न सकिन्छ भन्ने दृढ अठोट र सङ्कल्प बोकेर करिब डेढ दशक जेल जीवन बिताउने भट्टराईले निर्वासन चाहिं कहिल्यै रूचाएनन्।
पार्टीको आन्तरिक कलह बढ्दै गएर २०५८ मा शेरबहादुर देउवा प्रधानमन्त्री भएकै बेला उनकै नेतृत्वमा पार्टी विभाजित भएर नेपाली काङ्ग्रेस प्रजातान्त्रिकका रूपमा अर्को पार्टी गठन भयो। यसबाट भट्टराई ज्यादै चिन्तित बने। पार्टी विभाजनको त्यस घटनापछि एक प्रकार उनी मौन बसे। २ खेमामा विभाजित नेपाली काँग्रेसलाई एकिकरण गर्ने कार्यमा यिनले ठूलो भूमिका निभाएका थिए।

राजतन्त्रबारे भनें उनको छुट्टै मत रहेको थियो। जनआन्दोलनपछि पनि उन तत्कालै राजा हटाउने पक्षमा थिएनन्। यद्यपि गणतन्त्रको स्थापना पश्चात् उनी यस विषयमा मौन नै रहे।

Comments

Popular posts from this blog

डराए केपी ओली, मौन समयमा ‘पत्रकार सम्मेलन’ गरेर सरकारमाथि खनिए

प्रचण्ड कसरी सफल, देउवा किन असफल ?

जानकारी: राजनेता गिरिजा प्रसाद कोईराला