जानकारी: राजनेता गिरिजा प्रसाद कोईराला

गिरिजा प्रसाद कोइराला
गिरिजा प्रसाद कोइराला नेपाली कांग्रेसको सभापति थिए। उनी चार पटक नेपालको प्रधानमन्त्री भए - १९९१ देखि १९९४, १९९८ देखि १९९९, २००० देखि २००१, र २००६देखि २००८ सम्म। उनी सन् १९५९ पछिको पहिलो जननिर्वाचित प्रधानमन्त्री भएका थिए। त्यति बेला उनका दाजु विश्वेश्वर प्रसाद कोइराला र उनको राजनैतीक पार्टी नेपाली कांग्रेसले नेपालको प्रथम लोकतान्त्रिक निर्वाचन अत्याधिक बहुमत ल्याएको थियो। उनी नेपाली काङ्ग्रेसकासभापति र सात राजनैतीक दलहरूको मोर्चाको नेता थिए। उनी ६० वर्षभन्दा धेरै समय देखि राजनीतिमा संलग्न भएका थिए। उनले आफ्नो राजनैतिक जीवनको सुरूवात, आफ्नो गृहनगर बिराटनगरको जुट मिलका श्रमिक नेताको रूपमा सुरू गरेका थिए। वि.स. २०६६ साल चैत ७ गते मध्यान्ह १२ बजेर १० मिनेट जाँदा उनको निधन भयो।

गिरिजा प्रसाद कोइरालाव्यक्तिगत जानकारी
जन्म ४ जुलाई १९२४
सहरसा जिल्ला, बिहार, भारत
मृत्यु २० मार्च २०१० (८५ वर्ष) काठमाण्डौ, नेपाल
नागरिकता: नेपाली
राजनीतिक दल: नेपाली काँग्रेस
जीवनसाथी: सुष्मा कोइराला
सन्तान: सुजाता कोइराला
पेशा: राजनीतिज्ञ
धर्म: हिन्दू


परिवार र प्रारम्भिक जिवन

गिरिजा प्रसाद कोइराला भारतको बिहार राज्यको सहरसा जिल्लाको टेडी भन्ने गाउँमा वि.स. १९८१ असार १८ मा जन्मेका हुन्। त्यसबेला यिनका बुबा-आमा निर्वासित जीवन विताइरहेका थिए। गिरिजा प्रसाद कृष्ण प्रसाद कोइराला तथा दिव्या कोइरालाका कान्छा छोरा हुन्। उनका दुई दाजुहरू वि.पी. कोइराला तथा मातृकाप्रसाद कोइरालानेपालका प्रधानमन्त्री भएका थिए। सन् १९२९ मा परिवारसँगै नेपाल फर्केका गिरिजाले सुष्मा कोइरालासित विवाह गरे। सुजाता कोइराला गिरिजा प्रसादकी छोरी हुन्। उनले भारतको दिल्ली विश्वविद्यालय अन्तरगतको किरोरी मल कलेज(Kirori Mal College)मा अध्ययन गरेका थिए। एउटा निर्भिक र दृढनिश्वयी राजनेताको रूपमा उनको योगदान नेपाली ईतिहासमा जीवन्त रहनेछ। कसै कसैले उनलाई पदलोलूप नेता पनि भनेका छन।


राजनैतिक जीवन यात्रा

 २००४ सालमा कोइरालाले नेपाल मजदुर कांग्रेसको स्थापना गरे , जुन पछि नेपाल ट्रेड यूनियन कांग्रेसको रूपमा चिनिन थाल्यो। २००८ सालमा गिरिजा प्रसाद कोइराला नेपाली काङ्ग्रेस मोरङ जिल्लाको सभापति बने र २०१७ सालमा राजा महेन्द्रले सत्ता कब्जा गरी पञ्चायती शासन लगाई उनलाई गिरफ्तार गरी कैद नगरुन्जेल सम्म सो कार्यभार सम्हालिरहे। १९६७ मा उनको रिहाइ पछि गिरिजा प्रसाद कोइराला पार्टीका कार्यकर्ताहरू र नेताहरूसँग भारततिर निर्वासित भए र २०३५ सालमा नेपाल फर्किए। गिरिजा प्रसाद कोइराला २०३१ साल देखि २०४७ साल सम्म नेपाली काङ्ग्रेस पार्टीको महासचिव भए। गिरिजा प्रसाद कोइरालाको २०४६ सालको जनआन्दोलनमा सक्रिय रूपमा सहभागी भएका थिए, जुन आन्दोलनले पञ्चायती व्यवस्थालाई हटाएर देशमा बहुदलीय व्यवस्थाको स्थापना गरायो । उनलाई एक निर्भीक् र निडर नेताका रूपमा लिने गरिन्छ।

प्रथम कार्यकाल

२०४६ सालको जनआन्दोलन पश्चात नेपालको पहिलो बहुदलीय लोकतान्त्रिक निर्वाचनमा उहाँ मोरङ क्षेत्र नं. १ र सुनसरी क्षेत्र नं. ५ बाट प्रतिनिधि सभाको सदस्य निर्वाचित हुनुभयो। यस निर्वाचनमा नेपाली काङ्ग्रेस पार्टी प्रतिनिधि सभा (संसदको तल्लो सदन)मा २०५ सिट मध्ये ११० सिटको बहुमत प्राप्त गरी बिजयी भएको थियो। यो बिजय पछि उनी नेपाली काङ्ग्रेस पार्टी संसदीय दलका नेता तथा स्व. राजा बिरेन्द्रद्वारा प्रधानमन्त्री नियुक्त भए।

उनको पहिलो कार्यकालको समयमा संसदमा शिक्षा, सञ्चार र स्वास्थ्यमा उदार कानून बन्यो। सरकारले पूर्वाञ्चल विकास क्षेत्रमा पूर्वाञ्चल विश्वविद्यालय र स्वास्थ्य विज्ञानको वी. पी. कोइराला विज्ञान तथा स्वास्थ प्रतिष्ठान(BPKIHS)को स्थापना गर्‍यो र स्थापित निजी क्षेत्रहरूलाई देशका विभिन्न भागहरूमा चिकित्सा र ईन्जिनियरिङ् कलेजहरू सञ्चालनको लागि अनुमति दियो। साथै सरकारले भरतपुरमा चीन सरकारको सहायतामा वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालको निर्माण गर्‍यो।

२०५० सालमा उनैका पार्टिका ३६ जना संसदहरूले सरकारका प्रस्ताबित कार्य बिरुद्ध मतदान गरी उनलाई व्यवस्थापिका संसद भंग गर्न तथा पून संसदिय निर्वाचन आयोजना गर्न लगाईयो। उक्त निर्वाचन पछि नेपाल कम्युनिस्ट पार्टी (एमाले)को नेतृत्वमा सरकार गठन भयो।

दोस्रो कार्यकाल

सूर्य बहादुर थापा गठबन्धन सरकारको बिगठन पश्चात्त कोइरालाले थापाबाट प्रधान मन्त्री पद हत्याउनूभयो। कोइरालाले पहिलो पटक नेपाली कांग्रसले प्रतिनिधित्व गरेको सरकार प्रमुखको रूपमा २०५५ पौष १० गतेसम्म र त्यसपछि नेकपा एमाले र नेपाल सदभावना पार्टि संगको गठबन्धन सरकारको नेतृत्व गर्नुभयो।


तेस्रो कार्यकाल

२०५७ सालमा आफ्नै पार्टीका असन्तुष्ट पक्षको अविस्वासको प्रस्ताबका कारण प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको राजिनामा पशचात गिरिजा प्रसाद कोइराला तेस्रो पटक प्रधानमन्त्री भए। त्यस समय नेपाल कम्युनिस्ट पार्टी (माओवादी) राज्य शक्ति बिरुद्ध गुरिल्ला युद्ध लडी रहेको थियो। उनको प्रधानमन्त्रीको रूपमा तेस्रो कार्यकालको समयमा उनको सरकार भ्रष्टाचारका आरोपहरू द्वारा ग्रस्त थियो। नेपालको दरबार हत्याकाण्ड पछि, कोइराला संकटकाल संभाल्ने अक्षमताको लागि आलोचित हुनु परेको थियो। गिरिजा प्रसाद कोइरालाले २०५८ आषाढमा राजिनामा दिए, जबबाट उनले पहिलो पटक माओवादी बिद्रोह बिरुद्ध नेपाली सेना परिचालन गर्ने असफल प्रयास गरेका थिए। यसपटक उनी पछि उनकै समकक्षी भू.पू. प्रधानमन्त्री शेर बहादुर देउबा नेपालका प्रधानमन्त्री भए।


चौथो कार्यकाल

२०६३ बैशाख ११को लोकतान्त्रिक आन्दोलन पछि प्रतिनिधि सभाको पुनर्बहाली पछि सात दलका नेताहरूको द्वारा गिरिजा प्रसाद कोइराला पुन नेपालका प्रधानमन्त्री बनाईए। २०६३ आषाढ १९ गते उनी छातीको दुखाइबाट ग्रस्त भए र गंभीर हालतमा अस्पतालमा भर्ना गरीयो। यसको केवल एक हप्ता अगाडी उनी बैंककमा चिकित्सा परीक्षण तथा उपाचार गराएर फर्किएका थिए। उनीलाई अस्पतालमा भर्ती गराइएको एक दिन पछि उनले संसदमा "नीति र कार्यक्रम ' सम्बन्धि भाषण दिनु थियो।

उनको चौथो कार्यकालमा, गिरिजा प्रसाद कोइरालाले राजालाई उनको शक्तिहरूबाट हटाउँने तथा नयाँ सैन्य कार्य द्वारा सैनिकलाई संसदको नियन्त्रणमा ल्याउने विधान तयार गरे, दुवै उपायहरू संसदले पारित गर्‍यो। २०६३ कार्तिक २१ गते गिरिजा प्रसाद कोइराला तथा सात दलका नेताहरूले नेपाल कम्युनिष्ट पार्टी (माओवादी)) सँग मिलेर जनविद्रोहको अन्त्य र संविधान सभाको निर्वाचन गराउँने सम्झौतामा हस्ताक्षर गरे। २०६३ मंसिर ५ गते कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (माओवादी)) सँग बृहत शान्ति सम्झौतामा हस्ताक्षर गरी ऐतिहासिक रूपमा "हिंसा र आतंकको राजनीति समाप्त भएको छ" घोषणा गरे। यसको वाहेक २०६३ मंसिर १२ गते देखि गिरिजा प्रसाद कोइरालाको नेतृत्वको सरकार संयुक्त राष्ट्र संघको प्रत्यक्ष निगरानिमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी))को जनसेना समायोजन तथा हतियार नियन्त्रणको सम्झौतामा ब्यस्त भयो।

विवाद

कोइरालाको नेपाली जनताका बीच थुप्रै विरोधीहरू छन् । उनको सरकारलाई बिभिन्न अवसरहरू भ्रष्टाचार का आरोप लगाईयो । आफ्नो तेस्रो कार्यकालको अबधिमा, उनी लाउडा काण्ड भनिने भ्रष्टाचार काण्डमा लगातार तानिरहे, जसमा उनलाई धेरै मूल्यको बोइंग जेट विमान भाडाबाट धेरै धनराशि उठाएको आरोप लगाईएको छ. जबकि, यसमा कसैलाई पनि दोषी प्रमाणित गरीएको छैन.

मृत्यु

गिरिजा प्रसाद कोइरालाको निधन मिति २०६६ चैत्र ७ गते शनिबार ८५ वर्षको उमेरमा छोरी सुजाता कोइरालाको घरमा भएको थियो। डाक्टरहरूका अनुसार उनको निधन १२ बजेर १० मिनेटमा भएको थियो। उनको दाहासंस्कार चैत्र ८ गते पशुपतिनाथको मन्दिर नजीक आर्यघाटमा हिन्दू परम्परा अनुसार गरियो।

Comments

Popular posts from this blog

डराए केपी ओली, मौन समयमा ‘पत्रकार सम्मेलन’ गरेर सरकारमाथि खनिए

प्रचण्ड कसरी सफल, देउवा किन असफल ?