कांग्रेसमा मेयरको टिकट नपाएपनि घिमिरेले देखाईन राजनीतिक चरित्र
सुनसरी । धरानका लागि नेपाली कांग्रेसको
तर्फबाट मेयरको दाबी गरेकी मनिता घिमिरेले आफुले टिकट नपाए पनि हरु सबै
टिकट नपाएका उम्मेद्वारहरुलाई सान्त्वना दिएकी छन् । आफ्नो फेसबुक
अकाउन्टमा स्टाटस् लेख्दै उनले मुलुकभरका टिकट नपाएका कांग्रेस
उम्मेद्वारहरुलाई चित्त फराकिलो बनाएर पार्टीका लागि योगदान दिन आग्रह
गरेकी हुन् । स्थानीय नेतृ घिमिरेले पार्टीभित्र रहेको गुट र नेताको
घेराभन्दा माथि उठेर पार्टीका लागि क्रियाशील रहन आग्रह गरेकी छन् ।
उनले भनेकी छन्, ‘हो, नेपाली कांग्रेसमा
गुट खेमा छ । हरेक लोकतान्त्रिक पार्टीमा गुट खेमा हुन्छ । एमाले, माओवादी
राप्रपामा पनि छ । गुट खेमा लोकतान्त्रिक पार्टीमा नहुने अवस्था कल्पना नै
गर्न सकिन्न । तर नेपालमा पार्टीभन्दा गुट ठूलो, गुटभन्दा नेता ठूलो हुने
गरेको छ । यो रोग सबै पार्टीमा छ ।
देशभरिका कांग्रेस कार्यकर्ताहरुले अब यो
रोग हटाउनुपर्छ । चुनावको बेला यो रोग हटाउन सकिन्छ, त्यसैले चुनावको
मौकामा गुट र नेताको घेराभन्दा माथि उठेर पार्टीका लागि क्रियाशील बनौं ।
पार्टी नै सर्वोपरी हो र गुट र नेताभन्दा ठूलो पार्टी हो भन्ने मान्यता
स्थापित गरौं । गुट र नेताको घेराभन्दा माथि उठेर रुख हेर्नेहरु नै सच्चा
कांग्रेस हुन् ।
सानो चित्त भएकाहरुले मुख हेर्छन्, ठूलो
चित्त भएकाहरुले रुख हेर्छन् । देशभरिका कांग्रेस कार्यकर्ताहरुले ठूलो
चित्त बनाऔं । रुख चुनाव चिन्ह लिएका उम्मेदवारको विजय नै पार्टीको र आफ्नो
विजय हो भन्ने मानौं ।’
नेतृ घिमिरेले पछिल्ला दिन लगातार सामाजिक सञ्जालमा स्टाटस् लेख्दै पार्टी र तिनका नेता–कार्यकर्ताहरुलाई यस्तो आग्रह र खबरदारी गर्दै आएकी छन् ।
नेतृ घिमिरेले पछिल्ला दिन लगातार सामाजिक सञ्जालमा स्टाटस् लेख्दै पार्टी र तिनका नेता–कार्यकर्ताहरुलाई यस्तो आग्रह र खबरदारी गर्दै आएकी छन् ।
उनी भन्छिन्,‘दुई र पाँच नम्बर प्रदेश
कसैको पनि निजी बिर्ता होइन, त्यहाँका जनता कसैका पनि रैती होइनन् ।
त्यहाँका जनताको भोट हाल्ने अधिकार खोस्न पाइँदैन । चुनाव रोक्न र सार्न
पाइँदैन ।’ उनले सामाजिक सञ्जालमार्फत अन्य पार्टी र उनका नेताहरुलाई समेत
व्यंग्य गर्न भ्याएकी छन् । उनले लेखेकी छन्ः
‘राष्टिय जनता पार्टीले चुनावमा भाग नलिने, चुनाव विथोल्ने भनेको सुन्दा गत संविधान सभा चुनावको याद आयो। त्यो चुनावमा मोहन वैद्यको पार्टीले भाग लिएन । चुनाव विथोल्न खोज्यो तर सकेन । चुनावपछि वैद्य पार्टीका रामबहादुर थापा बादल सहित धेरै नेता कार्यकर्ता प्रचण्डको पार्टीतिर फर्कनुभयो ।

पहिलो चरणको चुनावमा वैद्यको पार्टीले भाग लिएको सुनियो । कतैकतै वडामा जितेको पनि सुनियो । वैद्यको पार्टी समाप्त जस्तै भयो ।
दोस्रो चरणको स्थानीय चुनावमा भाग नलिने हो भने राजपा पनि मोहन वैद्यको पार्टीजस्तो हुनसक्छ । राजपाले चुनावमा भाग लिनुपर्छ, चुनावमा भाग लिँदा हारिएला तर समाप्त भइँदैन । चुनावमा भाग नै लिएन भने चाहिँ समाप्त भइन्छ । राजपामा प्रतिष्ठित नेताहरु हुनुहुन्छ । उहाँहरुको राजनीतिक भविष्यको चिन्ता लाग्यो । उहाँहरुलाई चुनावमा भाग लिन विन्ती छ ।’

online news सुर्य खबरमा प्रकाशित
Comments
Post a Comment