मोदीलाई टक्कर दिँदै प्रधानमन्त्री देउवाले गरे ‘बोल्ड’ निर्णय !

साभार: नेपाल पाना online news
६ असार २०७४,
प्रधानमन्त्री शेरबहादुर देउवाले स्थगित १९ औं सार्क शिखर सम्मेलन पाकिस्तानमै हुने बताएका छन् । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री देउवाले सम्मेलन पाकिस्तानमै हुने र त्यसका लागि वातावरण बनाउन सबै सदस्य जिम्मेवार हुनुपर्ने औंल्याए ।

पाकिस्तानका तर्फबाट सोमबार सिंहदरबारमा आफूलाई भेट्न आएका सार्क महासचिव अमजद हुसेन वि. सियाललाई उनले सम्मेलन पाकिस्तानमै हुने आशा लिएको बताएका थिए । सार्कको पछिल्लो अवस्थाबारे जिज्ञासा राख्दै उनले सम्मेलनका प्रक्रिया अघि बढाउन सबै सदस्य मुलुक उत्तिकै जिम्मेवार भएर लाग्नुपर्ने बताए ।

सदस्य मुलुक भारत र पाकिस्तानबीच तिक्तताले गत वर्ष (१५–१६ नोभेम्बर) तय भएको सम्मेलन अन्तिम समयमा स्थगित भएको थियो । भारत, बंगलादेश, श्रीलंका र अफगानिस्तानले अहिलेको अवस्थामा शिखर सम्मेलनमा भाग लिन नसक्ने जनाएपछि सम्मेलन स्थगित गरिएको थियो । पाकिस्तानले सम्मेलनको वातावरण बनाउन पहलका लागि अध्यक्षलगायत सदस्य मुलुकहरूसँग आग्रह गर्दै आएको छ ।

सार्कको ११ औं सम्मेलन सन् २००२ मा काठमाडौंमा भएको थियो । त्यतिबेला देउवा नै मुलुकको प्रधानमन्त्री थिए । नेपालले दोस्रोपटक आयोजना गरेको उक्त सम्मेलनअघि भारत–पाकस्तिान सम्बन्धकै कारण सार्क पटक–पटक स्थगित भएको थियो । सम्मेलन तय हुँदासम्म दुई देशबीच सम्बन्ध सुमधुर थिएन । पाकिस्तानका तत्कालीन राष्ट्रपति परवेज मुसरफ चिनियाँ हवाई मार्ग प्रयोग गर्दै एक दिन ढिला गरी काठमाडौं उत्रेका थिए ।

अहिले त्यसबेलाजस्तो अवस्था नरहेको भन्दै नेपालले सम्मेलनको पहल हुन सक्ने धारणा राख्दै आएको छ । अध्यक्षको हैसियतमा यसअघिको वक्तव्यमा नेपाल चुकेको हुनाले पनि देउवाले भनेजस्तो सहज भने नभएको विज्ञहरू बताउँछन् ।

उनीहरूका अनुसार भारतले ‘ग्रिन सिग्नल’ नदिएसम्म शिखर सम्मेलन सम्भव छैन । छिमेकी सम्बन्धबारे वर्तमान सरकारको चर्को आलोचना भारतभित्रै भइरहेको अवस्थामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शिखर सम्मेलनका लागि ‘ग्रिन सिग्नल’ दिन सक्ने परारष्ट्र अधिकारीहरू बताउँछन् ।

प्रधानमन्त्री देउवाले अध्यक्षको हैसियतमा भारतलाई मनाउन सके पनि सम्मेलन हुन सक्छ । पाकिस्तानमा शिखर सम्मेलन हुनै नसक्ने भन्दै भारतले आफू आयोजक बन्न अनौपचारिक पहल गरिरहेको अवस्थामा देउवाले पाकिस्तानमै, छिट्टै हुने आशा लिएको धारणा व्यक्त गर्नु अर्थपूर्ण रहेको अधिकारीहरू बताउँछन् ।

Comments

Popular posts from this blog

डराए केपी ओली, मौन समयमा ‘पत्रकार सम्मेलन’ गरेर सरकारमाथि खनिए

प्रचण्ड कसरी सफल, देउवा किन असफल ?

जानकारी: राजनेता गिरिजा प्रसाद कोईराला