महानगरमा एमालेका विद्यासुन्दरको मनलाग्दो निर्णयः मोबाईल किन्नेदेखि भत्ता पचाउनेसम्म

साभारः नेपाल पाना online news
८ असार २०७४, बिहीबार
काठमाडौं महानगरका जनप्रतिनिधिहरुले अलोकप्रिय निर्णयहरु गर्न थालेका छन् ।

२० वर्षपछि भएको स्थानीय तह निर्वाचनबाट निर्वाचित भएर आएका महानगरका जनप्रतिनिधिहरु यतिबेला अलोकप्रिय निर्णय गर्नमा व्यस्त रहेका छन् । महानगरपालिकाको बैठकबाट जनप्रतिनिधिले आफ्ना लागि मोबाइल फोन किन्ने निर्णय गरेको पाइएको छ । नगर कार्यपालिकाको मंगलबार बसेको बैठकले जनप्रतिनिधिको सेवा सुविधाका लागि भन्दै ३५ लाख रुपैयाँ छुट्याउने निर्णय गरेको छ ।

त्यो रकममा मोबाइल खरिद पनि समावेश रहेको पाईएको हो । काठमाडौं महानगरपालिकाका मेयर र उपमेयरलाई आफूले रोजेको मोबाइल किन्ने छुट दिइएको छ । उनीहरुले मोबाइल किनेर बिल पेश गरेपछि रकम पाउनेछन् ।

नगर कार्यपालिका सदस्यका लागि मोबाइल खरिदका लागि ३० हजार रुपैयाँ दिइने भएको छ । नगरकार्यपालिका सदस्यमा ३२ वडाका वडाध्यक्ष र ८ सदस्य छन् । यसरी हेर्दा नगरकार्यपालिका सदस्यका लागि मोबाइल किन्न मात्र १२ लाख खर्च हुन्छ ।

महानगरले मोबाइलमात्रै किन्ने निर्णय गरेको होइन कि मेयर र उपमेयरले बिल बमोजिम मोबाइल खर्चसमेत पाउनेछन् । नगर कार्यपालिका सदस्यलाई मासिक रुपमा २५ सय टेलिफोन खर्च दिईनेछ ।

मोबाईल तथा रिचार्ज समेत महानगरबाटै लिने निर्णय गरेका जनप्रतिनिधिले अर्को बैठक भत्तासम्बन्धी पनि निर्णय गरेका छन् । महानगरको निर्णय अनुसार मेयर र उपमेयरका लागि १५ सय बैठक भत्ता पाउनेछन् । साथै नगर कार्यपालिकाका सदस्य र आमन्त्रित सदस्यहरुले पनि १ हजार रुपैयाँ भत्ता पाउनेछन् ।

यो नगर कार्यपालिकाको बैठक बस्दा मात्र पाइनेछ । त्यस्तै बैठकमा आउँदा १ हजार यातायात खर्च पनि दिइनेछ । तर, महानगरबाट कुनै सवारी सुविधा लिएको भए यातायात खर्च नदिइने महानगरपालिकाले बताएको छ ।

महानगरको उक्त निर्णयप्रति अहिले व्यापक विरोध भईरहेको छ । सामाजिक संञ्जालमा समेत उक्त निर्णयको विरोध गर्नुका साथै व्यंग समेत हानिएको छ ।

Comments

Popular posts from this blog

डराए केपी ओली, मौन समयमा ‘पत्रकार सम्मेलन’ गरेर सरकारमाथि खनिए

प्रचण्ड कसरी सफल, देउवा किन असफल ?

जानकारी: राजनेता गिरिजा प्रसाद कोईराला