जानकारी: राजनेता गिरिजा प्रसाद कोईराला
गिरिजा प्रसाद कोइराला गिरिजा प्रसाद कोइराला नेपाली कांग्रेसको सभापति थिए। उनी चार पटक नेपालको प्रधानमन्त्री भए - १९९१ देखि १९९४, १९९८ देखि १९९९, २००० देखि २००१, र २००६देखि २००८ सम्म। उनी सन् १९५९ पछिको पहिलो जननिर्वाचित प्रधानमन्त्री भएका थिए। त्यति बेला उनका दाजु विश्वेश्वर प्रसाद कोइराला र उनको राजनैतीक पार्टी नेपाली कांग्रेसले नेपालको प्रथम लोकतान्त्रिक निर्वाचन अत्याधिक बहुमत ल्याएको थियो। उनी नेपाली काङ्ग्रेसकासभापति र सात राजनैतीक दलहरूको मोर्चाको नेता थिए। उनी ६० वर्षभन्दा धेरै समय देखि राजनीतिमा संलग्न भएका थिए। उनले आफ्नो राजनैतिक जीवनको सुरूवात, आफ्नो गृहनगर बिराटनगरको जुट मिलका श्रमिक नेताको रूपमा सुरू गरेका थिए। वि.स. २०६६ साल चैत ७ गते मध्यान्ह १२ बजेर १० मिनेट जाँदा उनको निधन भयो। गिरिजा प्रसाद कोइरालाव्यक्तिगत जानकारी जन्म ४ जुलाई १९२४ सहरसा जिल्ला, बिहार, भारत मृत्यु २० मार्च २०१० (८५ वर्ष) काठमाण्डौ, नेपाल नागरिकता: नेपाली राजनीतिक दल: नेपाली काँग्रेस जीवनसाथी: सुष्मा कोइराला सन्तान: सुजाता कोइराला पेशा: राजनीतिज्ञ धर्म: हिन्दू परिवार र प्रारम्भिक जिव...






Comments
Post a Comment