काँग्रेसबाट बिराटनगरको मेयरमा भीम पराजुली र उपमेयरमा ईन्दीरा कार्की

बिराटनगरका तराई, पहाड र मधेशी जनतासंग लोकप्रीय रहेका पराजुलीले टिकट पाउदा ०५४ सालमा जस्तो काँग्रेसले हार नब्योहनुपर्ने आँकलनका साथ भीम पराजुलीले नेपाली काँग्रेसका तर्फबाट टिकट पाएका छन् । उपमेयरमा भने इन्दिरा कार्कीले बाजी मारेकी छिन् ।बिराटनगर महानगरपालिकाको मेयरमाभीम पराजुलीले उमेर्द्वारी दिने निश्चित भएको छ ।
बिराटनगर महानगरका नगर सभापति भीम पराजुलीलाई डा. शेखर कोईरालाले, विश्वनाथ रिजाललाई रामचन्द्र पौडेल, महेश आचार्य र मीनेन्द्र रिजालले र डा. डीला पन्त संग्रौलालाई मोरङ जिल्लाले उमेर्द्वार बनाउन चाहेपनि पछिल्लो समयमा काँग्रेसका प्रभाबशाली केन्द्रीय सदस्य डा. शेखर कोईराला, सूजाता कोईराला लगायतका प्रभावशाली नेताले भीम पराजुलीलाई उमेर्द्वार बनाउने कुरामा तीब्र लबिगं गरेपछि कोइराला परिवारको पोल्टामा मेयर पद गएको हो ।
बिराटनगर महानगरपालिकाका पार्टी नगर सभापति समेत रहेका पराजुली महेन्द्र मोरगं क्याम्पस बिराटनगरमा दुईपटक सम्म स्ववियू सभापति बनेका थिए ।
बिराटनगरमा नै बसेर काँग्रेस राजनीतिमा सकृय पराजुली शिक्षा र स्वास्थ्य क्षेत्रको सेवामा रहेका छन् ।
केहिदिन अगाडीबाट क्षेत्र नम्बर ५ मोरगंका साँसद समेत रहेका मोरगं जिल्लाका पूर्ब पार्टी सभापति अमृत अर्यालको पक्षमा टिकटको माहौल बनेको भएपनि मोरगं जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य एबम् काँग्रेस पार्टीका सिनियर नेताहरुको आपसी छलफलपछि भीम पराजलुलीलाई टिकट दिन पार्टी नेतृत्व सकारात्मक भएको हो । बिराटनगरको मेयरको टिकट हात पार्न केन्द्रीय सदस्य डीला पन्त संग्रौला, विश्वनाथ रिजाल समेतको भएपनि उनिहरुलाई पार्टीले पत्याएन ।
पराजुली युवापुस्तामा लोकप्रीय मानिन्छन् । पराजुलीका पक्षमा अन्तिममा देउवापक्ष समेत सकारात्मक देखिएको थियो भने कृष्ण प्रसाद सिटौलाले सकृय रुपमा लविगं गरेको स्रोतको दावी छ ।
उपप्रधानमन्त्री विजयकुमार गच्छेदार, उपेन्द्र यादबको भने जिताउन र हराउन महत्वपूर्ण भूमिका हुन सक्ने आँकलन गर्न सकिन्छ । माओबादी केन्द्रबाट भोगेन्द्र यादब मेरमा उमेर्द्वार बनेका छन् । विभिन्न पार्टीहरुको तालेमेलको समेत सम्भाबना रहेको छ ।
युवा उमेर्द्वार पराजुलीले टिकट पाएपछि काँग्रेसले बिराटनगरको साख जोगाउने विश्वास बिराटनगरका काँग्रेस कार्यकर्ता बताउछन् ।

Comments

Popular posts from this blog

डराए केपी ओली, मौन समयमा ‘पत्रकार सम्मेलन’ गरेर सरकारमाथि खनिए

प्रचण्ड कसरी सफल, देउवा किन असफल ?

जानकारी: राजनेता गिरिजा प्रसाद कोईराला