आजको सामाजिक संजाल

सामाजिक संजाल: सरोज मिश्रको facebook बाट
ओली र गच्छदार बीच बिराटनगरमा तालमेल भयो रे ! ठिक छ चुनाव जित्न "रणनीतिक साझेदारी" गर्ने उहाँहरूको हक हो !

एउटा काल्पनिक परिदृष्य - गच्छदार र कांग्रेस बीच यस्तो तालमेल भएको अवस्था ! सामाजिक संजाल कस्ता टिप्प्णीहरुले भरिएको हुन्थ्यो ? बिराटनगरमा कस्ता पोष्टर पाम्प्लेट देखा पर्थे ? फगत मेरो अनुमान:-

* फणिन्द्र तिमिल्सिनाका हत्यारा गुण्डा गच्छदार र भ्रष्ट "खसेको" कांग्रेस बीच गठबन्धन ! निर्बाचन भन्दा अघि नै हार स्वीकार !

* वीर सहिद फणिन्द्र तिमिल्सिनाको रगतको बदला लिन्छौं लिन्छौं । मोरङको लाल भुमि हत्यारालाई धुलो चटाउन आतुर छ !

* एमालेलाई सखाप पार्न मोदीको निर्देशनमा गच्छदार र कांग्रेस एक भए !

* "र" प्रमुखले गच्छदार र देउवालाई मिलाइदिएको खुलासा !

यी मेरा अनुमान मात्र हुन् ! अब यसको अर्थ रहेन ! निर्बाचनको परिणाम हेर्न बांकी छ । संभव छ - परिणाम पश्चात् बिजय गच्छदारले हत्यारा र गुण्डाका साथसाथै महान "धोखेवाज" को पगरी लाउने "सौभाग्य" प्राप्त गर्नेछ्न् । एमाले गणबाट पाउने कुनै पनि "पारितोषिक" लाई गच्छदारले सौभाग्य नै मान्नुपर्छ ।
तत्काललाई भने उनले ठूलो सफलता हासिल गरेका छन् । जस्तोसुकै "अपबित्र" लाई पनि "पबित्र" बनाउने "स्थायी सुनपानी" प्राप्त एमालेबाट केही समयका लागि नै भए पनि "चरित्र प्रमाणपत्र" पाउनु चानचुने कुरो होइन !
(मिश्र नेपाली काँग्रेस समर्थित प्राध्यापक हुनु हुन्छ)

Comments

Popular posts from this blog

डराए केपी ओली, मौन समयमा ‘पत्रकार सम्मेलन’ गरेर सरकारमाथि खनिए

प्रचण्ड कसरी सफल, देउवा किन असफल ?

जानकारी: राजनेता गिरिजा प्रसाद कोईराला